ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउन दक्षिणी सीमा नजिक अमेरिकी नौसेनाको युद्धपोत तैनाथ गरेको छ ।
अमेरिकी सेनाले शनिबार युएसएस स्प्रुएन्स नामक अर्को निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाज(गाइडेड मिसाइल डेस्ट्रोयर)लाई दक्षिणी सिमानजिकको जलक्षेत्रमा पठाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नियन्त्रण सम्बन्धी अभियानलाई थप मजबुत बनाउन यो कदम चालेको हो।
अमेरिकी उत्तरी कमाण्डको अनुसार यो युद्धपोतले समुद्री आतंकवाद, हतियारको तस्करी, अन्तरदेशीय अपराध, समुद्री चोरी, वातावरणीय विनाश, र अवैध समुद्री आप्रवासनविरुद्ध कारबाही गर्न मद्दत गर्नेछ।
अतिरिक्त सुरक्षा बल तैनाथ :
यो नयाँ युद्धपोत तैनाथीले सीमा सुरक्षाको भूगोललाई थप विस्तार गर्ने र डिएचएस ( अमेरिकी गृह बिभाग) सँग मिलेर काम गर्ने उद्देश्य राखेको छ। उत्तरी कमाण्डका सेनापति प्रमुख ग्रेगरी गिल्लोटका अनुसार यस कदमले सीमा क्षेत्रमा अमेरिकी सैन्य क्षमतालाई थप सुदृढ बनाउनेछ।
पहिले नै हजारौँ सैनिकहरूको उपस्थिति :
सैनिकहरू यसअघि नै दक्षिणी सीमामा तैनाथ छन्, जहाँ तिनीहरूले मुख्य रूपमा प्रशासनिक, तारबार निर्माण, र अन्य लोजिस्टिक(“आपूर्तिसम्बन्धी) कामहरू गर्दै आएका छन्। तर पछिल्लो केही सातादेखि ट्रम्प प्रशासनले आप्रवासन मुद्दामा कठोर नीति अवलम्बन गर्दै सैन्य तैनाथीलाई थप विस्तार गरेको छ।
राष्ट्रपति ट्रम्पको यो कदम सीमा सुरक्षा र अवैध आप्रवासन रोकथाममा कस्तो प्रभाव पार्छ भन्ने चासो अहिले थप चुलिएको छ।
प्रतिक्रिया