अमेरिका फ्लोरिडाकी पूर्व प्रहरीले जितिन् महिला डब्ल्यूबीसी मुक्केबाजीको उपाधि 

इनेप्लिज २०८१ चैत ९ गते १३:५६ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यकी ३६ वर्षीय पूर्व प्रहरी अधिकारी टियारा ब्राउन(अस्वेत)ले अस्ट्रेलियाकी स्काइ निकोल्सनलाई हराउँदै महिला डब्ल्यूबीसी फेदरवेट वजन समूहको उपाधि जितेकी छिन्।

 ब्राउनले शनिबार अस्ट्रेलियामा भएको खेलमा स्काइ निकोल्सनलाई हराउँदै डब्ल्यूबीसी विश्व फेदरवेट वजन समूह प्रतियोगितामा उक्त उपाधि जितेकी हुन्।

३६ वर्षीय ब्राउनले विभाजित निर्णय (स्प्लिट डिसिजन)का आधारमा यो ऐतिहासिक जित हात पारिन्। खेलका दुई जना निर्णायकहरुले उनलाई क्रमशः ९७-९३ र ९६-९४ को अॅक दिएका थिए भने एक निर्णायकले ९६-९४ अॅक सहित निकोल्सनलाई जिताएका थिए। यो जितसँगै ब्राउनको व्यावसायिक जित (प्रोफेशनल रेकर्ड )१९-० पुगेको छ।  

निकोल्सनको यो पहिलो हार हो । उनले यो अघि १२ पटक बिजयी हासिल गरेकी थिइन भने १ पहिलो पटक पराजित हुदै उनको  व्यावसायिक खेल १२-१ पुगेको छ ।

ब्राउनको प्रहरी सेवा देखि विश्व प्रतियोगिताको यात्रा : 

ब्राउनले वाशिंग्टन डीसीको महानगर प्रहरी विभागमा  र हालै फ्लोरिडाको फोर्ट मायरस् प्रहरी विभागमा अधिकारीको रूपमा काम गरिसकेकी छन्। 

खेलअघि फोर्ट मायरस् प्रहरीले ब्राउनलाई शुभकामना दिँदै सामाजिक सॅजाल इन्स्टाग्राममा लेखेको थियो, “टियारा ब्राउन सधैं लडाकू रहेकी छिन् – मुक्केबाजी वृत(रिङ) मापनि र बाहिर पनि।”  

खेलपछि ब्राउनले आफ्नो जितको श्रेय भगवान् र आफ्नो गृहनगर फोर्ट मायरस्‍लाई दिइन्। उनले भनिन्, “२० वर्षभन्दा बढी समयदेखि मैले यो क्षणको सपना देखेकी थिएँ।”  

ब्राउनले फोर्ट मायरस् प्रहरी एथलेटिक खेलमा युवा मुक्केबाजहरुलीई प्रशिक्षित गर्दै आएकी छन्। मैले पाएजस्तै अवसर ती बालबालिकाहरूलाई पनि दिन चाहन्छु, उनले भनिन्।

ब्राउन फ्लोरिडाको ली काउन्टीमा जन्मेहुर्केकी हुन्। उनले सानै उमेरमा खेलकुदप्रतिको रुचि विकास गरेको बताइन्।  

मेरो दुई दाजुभाइ मुक्केबाज थिए। म बास्केटबल प्रतियोगितामा सहभागी हुने तयारी गर्दा मुक्केबाजी (बक्सिङ )जिम जान्थेँ, र मैले मुक्केबाजीमा राम्रो प्रदर्शन गरेँ। त्यसपछि मैले कहिल्यै नछोड्ने निर्णय गरेँ।”,उनले भनिन्।

प्रतिक्रिया