अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा एक अवैध क्लब बाहिर भएको गोलीकाण्डमा ६ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ।
घटना आइतबार बिहान करिब ३ बजे लेटीनास स्पोर्ट्स बार (मधुशाला)मा भएको हो। ह्युस्टन प्रहरीका सहायक प्रमुख जेम्स स्केल्टनका अनुसार क्लब रातिको समयमा अवैध रूपमा सञ्चालनमा रहेको थियो।
घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रणपुगेपछि तीन जना पीडितलाई तत्काल अस्पताल लगिएको र थप तीन जना निजी सवारी साधनमा अस्पताल पुगेका थिए। ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शल्यक्रिया भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट दुई संदिग्ध व्यक्तिहरूलाई कालो टोयोटा क्याम्री वा कोरोला कारमा भागेको जनाएको छ । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।
यस प्रकारका अवैध क्लबले अपराधलाई प्रोत्साहन गर्ने भन्दै प्रहरीले यस्ता क्लबहरू बन्द गर्न अभियान सञ्चालन गरिरहेको छ। उक्त क्लबको अनुमति पत्र अनुमति सम्बन्धमा अनुसन्धान भइरहेको एबिसीन्यूजले जनाएको छ ।
प्रहरीले अवैध रूपमा मदिरा सेवा दिने यस्ता स्थानहरूलाई रोक्न अझ कडा कदम चाल्ने बताएको छ।
प्रतिक्रिया