स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके)मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ। नेविसंघले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको हो। अध्यक्षामा ऐरले ७ सय ३० मत पाउँदा नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारले ३७९ मत मात्रै प्राप्त गरेकी हुन् । ऐर स्ववियुको निवर्तमान सचिवसमेत हुन्।
उनी कांग्रेसका महामन्त्री गगन थापा निकट मानिन्छिन्।स्ववियु सभापति ऐर र उपसभापति ओखलढुंगाकि नेता चन्द्राकला तामाङले जितेकी छिन तामाङ निवर्तमान इकाई सभापती थिइन।
प्रतिक्रिया