स्वस्फूर्त रूपमा सेनाहरुले सत्ता कब्जा गरि नागरिक सरकार गठन गर्नुपर्छ !

इनेप्लिज २०८१ चैत १० गते १०:५२ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाहको सचिवालयका निजी सचिव र केही सचिवहरू परिवर्तन र फेरबदल भएको सुन्नमा आएको थियोे तर सचिवालयमा कुनै पनि परिवर्तन र फेरबदल भएको छैन । सबैलाई भ्रममा पार्ने काम गरियो ।

विगत देखि वर्तमान समय आजसम्म राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरूलाई घेराबन्दीमा राखी रहेका स्वार्थी र अवसरवादी तत्वहरुलाई सेनाहरुले कदापि सहयोग गर्नु हुँदैन । मुलुकमा अराजकता र अस्थिरता छ । बरु स्वस्फूर्त रूपमा सेनाहरुले नै सत्ता कब्जा गरि नागरिक सरकार गठन गर्नुपर्ने देखिन्छ ।

सेनाहरुले राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरूलाई सहयोग नगर्न खोजेको होईन ? यथार्थमा विगत देखि आजसम्म राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरु लाई घेराबन्दीमा राखी रहेका राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरु वरिपरि रहेका अवसरवादी र स्वार्थी तत्वहरुलाई सेनाहरुले सहयोग नगरेको हो । यसकारण सेनाहरुलाई दोष दिनु हुँदैन ।

मलाई थाहा भएको कुरा राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यहरुमा अहंकार र दम्भ छैन साधारण छन । तर केही राजावादी भनौंदाहरूको अहंकार र दम्भ हद भन्दा बढी शोषक र सामन्ती पाराको छ । राजसंस्थाको बाधक नै केही राजावादी भनौंदा शोषक र सामन्ती पाराको तत्वहरु हुन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया