ट्रम्प प्रशासन विरुद्ध शिक्षा विभाग विघटनको योजना सम्बन्धी मुद्दा

इनेप्लिज २०८१ चैत ११ गते १०:२५ मा प्रकाशित

शिक्षक संघहरू र सार्वजनिक विद्यालयहरूका समूहले म्यासाच्युसेट्सको संघीय न्यायाधीशसँग ट्रम्प प्रशासनलाई शिक्षा विभाग विघटन गर्नबाट रोक्न अनुरोध गरेका छन्।

सोमबार दर्ता गरिएको मुद्दामा ट्रम्पले शिक्षा सचिव लिंडा म्याकमाहोनलाई शिक्षा विभाग बन्द गर्न आदेश दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि कानूनी अधिकारबिना विभागलाई बन्द गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

शिक्षक संघ र विद्यालय समूहहरूले ट्रम्प प्रशासनको कार्यकारी आदेश र विभागका आधा कर्मचारी हटाउने योजनाले शिक्षा विभागको काममा बाधा पुर्‍याउने र त्यसलाई कानूनी रूपमा तोकिएको जिम्मेवारी पूरा गर्न असमर्थ बनाउने दाबी गरेका छन्।

यो मुद्दा अमेरिकी जिल्ला न्यायाधीश म्योङ जोनलाई तोकिएको छ । उनि बाइडेन प्रशासनका नियुक्त न्यायाधीश हुन्।

यो मुद्दा शिक्षा विभाग विघटन रोक्न दर्ता भएको दोस्रो कानूनी प्रयास हो। यसअघि यो महिनाको सुरुमा डेमोक्र्याटिक राज्यका महान्यायाधीवक्ताहरूले शिक्षा विभागका हजारौँ कर्मचारी हटाउने योजना विरुद्ध पनि यस्तै मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया