अमेरिकी सैन्य गोप्य योजना चुहावट भएता पनि राष्ट्रपतिको सुरक्षा सल्लाहकारमाथि ट्रम्पको समर्थन

इनेप्लिज २०८१ चैत ११ गते १६:५४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई सैन्य योजनासम्बन्धी गोप्य कुराकानी चुहावट भए पनि समर्थन गरेका छन्।

द अटलान्टिकका सम्पादक प्रमुख जेफ्री गोल्डबर्गलाई संयोगवश सिग्नल म्यासेजिङ एप(सन्देश अनुप्रयोग) भएको उच्चस्तरीय निजी कुराकानी गर्दा उनलाई पनि जोडिए पछि सैन्य योजनाहरू छलफलमा रहेको कुरा बाहिर आएको थियो।

“माइकल वाल्ट्जले पाठ सिकेका छन्, र उनी राम्रो व्यक्ति हुन्,” ट्रम्पले मंगलबार एनबीसी न्यूजलाई दिएको दूरवार्ता अन्तर्वार्तामा भने।

यो घटनापछि ट्रम्पको यो पहिलो सार्वजनिक टिप्पणी थियो। 

द अटलान्टिकले आफ्नो समाचारमा यमनमा हुने सैन्य हमलासम्बन्धी छलफल भएको उक्त निजी कुराकानी( च्याट) गोल्डबर्ग अनायास थपिएको तथ्य खुलाएको थियो।

प्रतिक्रिया