अमेरिकाको ओहायोबाट बेपत्ता  भएका नेपाली युवा निकेशको गाडी बॅाध नजिकै भेटियो, प्रहरी र समूदायहरु ब्यापक खोजीमा

इनेप्लिज २०८१ चैत १२ गते १४:५१ मा प्रकाशित

 

 अमेरिकाको ओहायोबाट बेपत्ता भएका नेपाली युवा निकेश आचार्यको गाडी बॅाध नजिकै भेटिएको छ ।

प्रहरी र समूदायहरु ब्यापक खोजीमा लागि रहेका छन् । प्रहरी हेलीकप्टर( उदग्रविमान) तथा मानव रहित बिमान( ड्रोन) बाट खोजी भै रहेको बिभिन्न स्थानिय पत्रपत्रिका तथा सामाजिक सॅजालमा लेखिएका छन्।

उनका दाजु नविन आचार्यले पनि कसैले सामाजिक सॅजालमा लेखेकोलाई सांझा( शेयर) गराएका छन्।

उनी २०१८ मा बनेको टोयोटा र्यीभ नामक गाडी चढेर गएको र बॅाध नजिक गाडी छोडिएको फेला पारिएको छ ।

 नेपाल उर्लाबारी घर भै बिगत ११ बर्ष अगाडी बिधार्थी प्रवेशाज्ञाबाट आएका निकेश आचार्य अमेरिकाको ओहायोको कोलम्बसबाट बेपत्ता भएका हुन्। 

सामाजिक संजालमा व्यापक रुपमा उनको सकुशल फिर्ताको लागि सबैले कामना सहित आह्वान गरेका छन् ।

बेलुका सकुसल सुतेका उनि बिहान ३ :३० बजे उनि घरमा नभएको थाहा पाए पछि खोजबिन गर्दा छिमेकीको क्यामरा(चित्रग्राहिणी)मा बिहान १२:३० बजे हिडेको कैद गरेको छ । 

उनले प्रयोग गर्ने निजी संचार उपकरण ,मुद्र थैली(वालेट) पनि घर मै छोडी हिंडेको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

पेशाले इन्जिनियर (अभियन्ता)उनि धेरै बर्ष नर्थ डाकोटामा काम गरे पछि करिव २ बर्ष अगाडी उनि ओहायो राज्यको कोलम्बस नजिक बसाई सराई गरि सपरिवार आएका थिए ।

उनका सहोदर दाजु नविन आचार्य अमेरिकाको अन्य राज्यमा भएकोले खबर सुन्ना साथ भाइको खोजीको लागि उनि ओहायो आई पुगेका छन् । २०१६ मा बिबाह बन्धनमा बाधिएका उनि श्रीमती ,१ छोरा र १ छोरी साथ कोलम्बस नजिक बस्दै आएका छन् ।

यदि कसैले उनलाई देखेमा नजिकको प्रहरीलाई खबर गर्न उनको परिवारले अनुरोध गरेका छन् । ओहायोका नगर परिसद सदस्य भुवन प्याकुरेलले सामाजिक संजाल ( फेसबुक) मार्फत प्रत्यक्ष प्रसारण गरि समूदायलाई जानकारी गराएका छन्।

ईनेप्लिज परिवार निकेश भाईको सकुशल घर फिर्तीको कामना गर्दछ ।

प्रतिक्रिया