ट्रम्पको अपिल खारेज: निर्वासन रोक्ने अनुरोधलाई अदालतद्वारा अस्वीकार

इनेप्लिज २०८१ चैत १२ गते २१:०३ मा प्रकाशित

सॅघिय पुनरावेदन अदालतको प्यानल( समूह)ले ट्रम्प प्रशासनको अपिललाई खारेज गर्दै जिल्ला न्यायाधीशको निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ। 

यस निर्णयले १८औँ शताब्दीको युद्धकालीन कानुनअन्तर्गत केही निर्वासनलाई अस्थायी रूपमा रोकेको थियो।

अमेरिकी जिल्ला न्यायाधीश जेम्स बोसबर्गले मार्च १५ मा केही व्यक्तिहरूको निर्वासनमा रोक लगाउने अस्थायी आदेश जारी गरेपछि संघीय अधिकारीहरूले तत्कालै अपिल दायर गरेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १७९८ को विदेशी सत्रु ऐन “एलियन एनिमिज एक्ट” प्रयोग गरी भेनेजुएलाका कथित गिरोह सदस्यहरूलाई तत्कालै निर्वासन गरी एल साल्भाडोर पठाउने आदेश दिएका थिए। र ,करिव २०० जनालाई एल साल्भाडोर पुर्याईएको थियो ।

प्रतिक्रिया