अमेरिकी गृहसचिव क्रिस्टि नोएमको एल साल्भाडोर, कोलम्बिया, र मेक्सिकोको तीनदिने भ्रमण , एल साल्भाडोरको आतंकवादी बन्दी केन्द्रको भ्रमण

इनेप्लिज २०८१ चैत १३ गते ११:०९ मा प्रकाशित

अमेरिकी गृहमन्त्री (गृहसचिव)क्रिस्टि नोएमले गत बुधबार एल साल्भाडोरको कुख्यात ‘टेरेरिस्ट कनफाइनमेन्ट सेन्टर’ (आतंकवादी बन्दी केन्द्र) को भ्रमण गरिन्। उक्त केन्द्रमा ट्रम्प प्रशासनले यसै महिनाको सुरुमा निर्वासित गरेका सयौँ आपराधिक अवैध आप्रवासीहरू थुनिएका छन्।

नोएमले साल्भाडोरका न्याय मन्त्री हेक्टर गुस्ताभो भिल्लाटोरोसँगै उक्त कारागारको अवलोकन गरेपछि राष्ट्रपति नायिब बुकेलेसँग भेटघाट गरिन्। तीनदिने भ्रमण अन्तर्गत उनी कोलम्बिया र मेक्सिको पनि जाने कार्यक्रम छ।

भ्रमणको श्रब्यदृश्य (भिडियो)मा नोएमले ‘ट्रेन दे अरागुवा’ नामक कुख्यात समूहका सदस्यहरू थुनिएकै स्थानबाट बिशेष संदेश दिईन । ती बन्दीहरू झ्यालखानाभित्र कमेज नलगा खौरिएको टाउको र सेतो कारागार सुरुवालमा देखिए ।

झ्यालखानाका बन्दीहरूलाई सम्बोधन गर्दै नोएमले भनिन्, “पहिलो कुरा, अवैध रूपमा हाम्रो देशमा नआउनुहोस्। यदि तपाई आएमा तपाईहरुलाई देशनिकाला गरिनेछ र कानुनी कारबाही हुनेछ। तर थाहा पाउनुहोस्, अपराध गरेमा यस्तो झ्यालखानामा तपाईहरु पनि पुग्न सक्नुहुन्छ।”

नोएमले उक्त श्रब्यदृश्य (भिडियो )सामाजिक सञ्जाल ‘एक्स’ मा साँझागर्दै लेखिन्, “राष्ट्रपति ट्रम्प र मसँग अवैध आपराधिक आप्रवासीहरूका लागि स्पष्ट सन्देश छ: अहिले नै देश छोड्नुहोस्। नत्र हामी तपाईहरुलाई पक्रेर यसै कारागारमा ल्याउनेछौं।”

यस झ्यालखानामा आठवटा भवन छन्, जसले ४०,००० बन्दी राख्न सकिन्छ । प्रत्येक कोठामा ६५ देखि ७० जनासम्म बन्दी कोचिएका छन्। उनीहरूलाई बाहिर जान र आगन्तुकसँग भेटघाट गर्न निषेध छ।

साल्भाडोरले २०२३ मा यो कारागार खोलेको हो। राष्ट्रपति बुकेलेले देशमा त्रास फैलाइरहेका सडक अपराधी र गिरोहमाथि कडा कारबाही गर्न आपतकालीन अवस्था लागू गरेका छन्। यस आपतकालका क्रममा ८४,००० भन्दा बढी व्यक्तिहरूलाई बिना कानुनी प्रक्रिया गिरफ्तार गरिएको छ।

प्रतिक्रिया