अमेरिकामा अध्ययनरत इरानी विद्यार्थीलाई आईसीईद्वारा पक्राउ 

इनेप्लिज २०८१ चैत १३ गते १६:५६ मा प्रकाशित

अमेरिकाको अलाबामा विश्वविद्यालयमा अध्ययनरत एक विधा वारिधी(पीएचडी) विद्यार्थीलाई अध्यागमन अधिकारीहरूले पक्राउ गरेका छन्। यो घटना विश्वविधालय समुदायमा गैरनागरिकहरूमाथिको कडाइ गर्ने ट्रम्प प्रशासनको नीति अन्तर्गतको पछिल्लो उदाहरण हो।

इरानकी अलिरेजा डोरूदी, जो यान्त्रिक अभियन्त्रणा)मेकानिकल इन्जिनियरिङमा विधा वारिधि (पीएचडी )गर्दै थिइन ।

गत मंगलबार बिहान ५ बजे आफ्नै घरबाट पक्राउ परेका हुन्। यो कुरा विश्वविद्यालय र विद्यार्थी अखबार द क्रिमसन ह्वाइटले पुष्टि गरेको छ।

यूएस इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट (आईसीई) को सॅजालस्थल(वेबसाइट)मा रहेको विधुतिय प्रणालीमा डोरूदी नामक एक इरानी नागरिक आईसीईको हिरासतमा रहेको देखाएको छ। तर उनलाई कुन हिरासत केन्द्रमा राखिएको छ भन्ने जानकारी खुलाइएको छैन।

डोरूदी किन पक्राउ परेका हुन् भन्ने स्पष्ट नभएको सिविएसन्यूजले जनाएको छ ।

विश्वविद्यालयले एक वक्तव्य जारी गर्दै आफ्ना एक अन्तर्राष्ट्रिय विद्यार्थीलाई सॅघिय अध्यागमन अधिकारीहरूले हिरासतमा लिएको जानकारी दिए पनि थप विवरण नदिएको समाचारमा उल्लेख छ ।

डोरूदी जनवरी २०२३ मा ओमानस्थित अमेरिकी दूतावासबाट जारी गरिएको एफ-१ विद्यार्थी भिसामा अमेरिका प्रवेश गरेको द क्रिमसनह्वाइट ले जनाएको छ। 

तर सोही वर्षको जुलाईमा उनको भिसा रद्द भएको थियो। यद्यपि, विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रले उनलाई विद्यार्थीको रूपमा कानुनी हैसियत कायम रहने सल्लाह दिएको थियो।

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयमा अध्ययनरत गैरनागरिकहरूमाथि कडाइ गर्दै अध्यागमन नीतिहरू कडा बनाउने अभियान चलाइरहेको छ।

प्रतिक्रिया