नयाँ क्यानाडेली प्रधानमन्त्रीद्वारा अमेरिका अब ‘विश्वसनीय’ व्यापार साझेदार नरहेको टिप्पणी

इनेप्लिज २०८१ चैत १४ गते १०:४२ मा प्रकाशित

क्यानेडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले बिहीबारको एक सम्बोधनमा अमेरिकी प्रशासनको व्यापार नीतिको आलोचना गर्दै अमेरिका अब विश्वसनीय व्यापार साझेदार नरहेको टिप्पणी गरेका छन्।

कार्नीले भने, “अमेरिका अब पहिलेको जस्तो भरपर्दो साझेदार छैन भन्ने कुरा स्पष्ट छ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका व्यापार शुल्क (ट्यारिफ) सम्बन्धी नीतिहरूले विश्वव्यापी व्यापार युद्धलाई उकासेको आरोप लगाउँदै कार्नीले ती कदमले अमेरिकी श्रमिक र उपभोक्तालाई नै दीर्घकालमा नोक्सान पुर्याउने दाबी गरे।

उनले भने, “म अमेरिकी श्रमिकहरूलाई समर्थन गर्ने ट्रम्पको लक्ष्यलाई बुझ्दछु र सम्मान पनि गर्दछु। तर यो नीतिले उनीहरूलाई सहयोग गर्नेभन्दा बढी हानी पुर्याउनेछ भन्ने कुरामा म असहमत छु।”

कार्नीले थपे, “हाम्रो उद्योगलाई संरक्षण गर्ने र अझ मजबुत बनाउन केन्द्रित हुनेछ।”

यो भनाइसँगै क्यानडाले अमेरिकी भन्सार शुल्क (ट्यारिफ )नीतिको विरोधमा कडा कदम चाल्न र आफ्नो व्यापारिक तथा आर्थिक हितको रक्षा गर्न प्रतिबद्ध रहेको संकेत गरेको छ।

प्रतिक्रिया