बिश्व कै सर्वाधिक धनाढ्य उद्यमी इलन मस्कले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) आफ्नै कृत्रिम बुद्धिमत्ता सँस्था (कम्पनी)एक्सएआईलाई ३३ बिलियन डलरको मौज्दात अंश (स्टक डिल)मा बिक्री गरेका छन्। शुक्रबार उनले यो सम्झौताबारे घोषणा गर्दै एक्सएआई र एक्स मिलेर ठूलो सम्भावनाको ढोका खोल्ने बताए।
दुवै प्रतिष्ठान निजी स्वामित्वमा रहेको हुनाले उनीहरूलाई वित्तीय विवरण सार्वजनिक गर्न आवश्यक छैन। मस्कले एक्समा लेख्दै भने, “एक्सएआइको उन्नत कृतिम बुद्धिमत्ता क्षमता र एक्सको विशाल पहुँचको संयोजनले अपार सम्भावना खुला गर्नेछ।” यो सम्झौताले एक्सएआईलाई ८० बिलियन र एक्स( X )लाई ३३ बिलियन डलरको मूल्याङ्कन गरेको छ।
मस्कले सन् २०२२ मा ट्विटरलाई ४४ बिलियन डलरमा किनेपछि यसको नाम X राखेका थिए। उनले सँस्थाको कर्मचारी कटौती, घृणास्पद भाषण, गलत सूचना, र प्रयोगकर्ता प्रमाणिकरणसम्बन्धी नीति परिवर्तन गरेका थिए। सन् २०२३ मा उनले एक्सएआई (xAI )स्थापना गरे।
अब यी दुवै प्रतिष्ठान (कम्पनी)को भविष्य एकआपसमा जोडिएको मस्कले उल्लेख गरे। “आज हामी तथ्याँक, नमुना (मोडल), रुपान्तरण , वितरण र प्रतिभाको संयोजन गरेर नयाँ यात्रा सुरु गर्दैछौं। यसले मानिसहरूलाई थप गतिशील (स्मार्ट )र अर्थपूर्ण अनुभवहरू प्रदान गर्नेछ,” उनले लेखे।
हालका लागि एक्सका प्रयोगकर्ताहरूका लागि के परिवर्तन हुनेछ भन्ने स्पष्ट नभएको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया