यो धरतीका हरेक बस्तुहरू नासवान छन् । धरतीमा रहेका हरेक बस्तुहरू क्षर हुन । अक्षर भन्ने त्यस्तो कुनै बस्तु छैन । हरेक प्राणीहरू क्षणभंगुर छन् । अझ हामी मानिसहरूका कारणले यो धरानै झन झन भयावह बनेको छ । प्रकृतिको दोहनले पृथिवी नै प्रदुषित र अस्वस्थकर बन्दै गएको छ । मानवका कृयाकलापले कृतिम विकाश जन्माउँदा नयाँ नयाँ प्रकारका रोगहरू जन्मिएका छन् । एउटा रोगको निवारणसँगै अरू थुप्रै प्रकारका रोग र महामारी फैलिइएका छन् । जसले गर्दा मानव मात्र हैन सारा प्राणीहरू बिभिन्न प्रकोपमा परेका छन् । बाढी,पैरो, आँधी,तुफान भूकम्प, आगलागी आदीले लाखौँ प्राणीहरूलाई समाप्त पारिसकेको छ । समून्द्रमा पेट्रोल पोखिँदा असंख्य सामून्द्रिक जीवहरू समेत नष्ट भए ।
कतै शासकहरूको चक्रवर्ति हुने सपना र लहडमा लाखौँ निर्दोष मानिसहरूले बली हुनु परेको बिडम्वना छ । चाहे हिरोसिमा र नागासाकीका निर्दोषहरू हुन या यूक्रेन, हमास र इजरायलका निर्दोषहरू नै किन नहुन । त्यहाँका मानिसहरू कुनै पनि कसुर बिनाको सजाय भोग्न बाध्य भएका छन् । धान खाने मुसो चोट पाउने भ्यागुत्तो भने जस्तै ।
संसारभरीका मानिसहरूले आफ्नो संस्कार र संस्कृतिलाई आआफ्नै ढंगले अवलम्वन गरेको पाइन्छ । राज्यका नियम कानून र प्रशासनिक पक्षलाई त्यस देशको धार्मीक आस्था र विश्वासका आधारमा तय गर्ने गरेको हुन्छ । कुनै संस्कारका मानिसको मृत्यु हुँदा खुशी हुने र जन्मदा दुखी हुने चलन पनि छ रे । तिम्रा सबै दुख सकिए अब तिम्रो आत्मालाई शान्ति मिल्ने छ भनेर मृत्यु संस्कारमा खुशी मनाउने गर्छन् रे । जन्मदा अब यो साँसारिक झमेलामा आयो । अब कती दुख झेल्नु पर्ने छ भनेर दुख मनाउ गर्छन् रे । जन्म सँगै मृत्यु पनि आएको हुन्छ रे । तर हामी मृत्युको कुरा गर्न डराउँछौँ । मानिसले मेरो पनि मृत्यु हुन्छ ।
म पनि एक दिन मर्छु भन्ने कुरालाई सम्झ्यो भने मात्र पनि संसारमा हुने आधा अपराधहरू समाप्त हुने थिए होला । संसारमा हुने हरेक प्रकारका लुट, हत्या, हिंसा जस्ता गतिबिधीहरू कम भएर जाने थिए होला । समयले मानिसका दुख बगाउँदै लान्छ रे । समयले प्रकृतिलाई पनि परिवर्तन गराइ दिन्छ । हामीले अरू मानिसका नकारात्मक सोचहरूलाई हटाउँन सक्दैनौ तर आफूभित्र भएका नकारात्मक सोचहरूलाई चिनेर मेट्न सक्दछौँ । एक पटक पाएको जीवनलाई शार्थक बनाउन प्रयाश गरौँ । समाज आफैँ परिवर्तन हुँदै जानेछ । यी कुरालाई सुलोचना मानन्धरले “जीवनबाट जीवन सिकौँ” भन्ने पुस्तकमा मिठो ढंगले प्रस्तुत गर्नु भएको छ । एक दिन भनेको एक युग जस्तै हो । आज नै जीवनको अन्तिम दिन हो भन्ने सोचेर सत्कर्म गरौँ भन्ने प्रेरणादायी कुराहरू पुस्तकमा छन् ।
कुनै संस्कारका मानिसको मृत्यु हुँदा खुशी हुने र जन्मदा दुखी हुने चलन पनि छ रे । तिम्रा सबै दुख सकिए अब तिम्रो आत्मालाई शान्ति मिल्ने छ भनेर मृत्यु संस्कारमा खुशी मनाउने गर्छन् रे । जन्मदा अब यो साँसारिक झमेलामा आयो । अब कती दुख झेल्नु पर्ने छ भनेर दुख मनाउ गर्छन् रे ।
हो हामीलाई थाहा छैन । कती बेला आफ्नो अन्त्य हुँदैछ भन्ने कुरा । अत हरेक दिनलाई सार्थक बनाउन प्रयास गरौँ । हामी नेपालीहरू“परोपुकार पुण्याय पापाय पर पिडनम्” भन्ने मन्त्रोच्चारण गर्दै हुर्किएका हौँ । दिनेहरू भनेका देवता हुन् । हामी देवता हुन सिकौँ । दान गर्नलाई सधै पैसा र बस्तुहरूमात्र हुनु पर्छ भन्ने छैन । सहयोग , सत्भाव र सम्मान पनि दिन सक्दछौ । तर यस्तो भावनाबाट प्रेरित भएर यो धरामा हिँड्ने मानिसहरू कममात्र हुने गर्दछन् । त्यस्तै एक महान नारीको नाम हो ईरा आचार्य । जसले नेपालमा हुँदा र अमेरिकामा रहँदा पनि त्यस्तै पुण्य कार्यहरू गर्दै जानु भयो । जसले समाज परिवर्तनका लागि मार्गचित्र प्रस्तुत गर्दथ्यो । विभिन्न सामाजिक संङ्घ संस्थाहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । कवि शिरोमणि लेखनाथ पौडेलको “मैँखाउँ मैलाउँ ,सुखसयल वा मोज मगरूँ ,मै हासुँ मै नाचुँ अरू सब मरून दुर्वलहरू” भन्ने प्रवृतिले राज गरेको जमानामा यस्ता मानिसहरूको अभाव खड्की रहनेछ ।
राम्रो फललाई किरा र चराले पनि ठुङ्छन् रे । सबैकाआँखा त्यसैमा पर्छन् रे । ईरा आचार्यलाई पनि महाआत्माले पृय बनाएर हामीबाट अलग्यायो । तर उहाँ हाम्रै वरीपरि हुनुहुन्छ । हाम्रा राम्रा सोच र सत्कर्ममा हुनु हुन्छ । उहाँले कोरेका मार्गचित्रहरूलाई व्यवहारिक जीवनमा उतारेर समाज परिवर्तन गर्न सकेमा उहाँ प्रतिको सम्मान हुनेछ ।
मुगल बादशाह शाहजहाँले आफ्नी प्रियतमाका नाममा ताजमहल बनाएका थिए । पुरै सेतो संगमरमरबाट बनाइएको ताजमहल अमर प्रेमको प्रतिकका रूपमा रहेको छ । लैला र मज्नुजको कथाले पनि प्यारमा अविचलित जोडीको प्रतिनिधित्व गर्दछ । यो “ Ira Acharya” The legacy she Left Behind भन्ने पुस्तकमा ईराले गर्नु भएका योगदानहरूलाई संक्षिप्त रूपमा प्रस्तुत गरिएका छन् । ईरा आचार्यले योगदान गर्नु भएका सबै क्षेत्रका सहकर्मीहरूबाट उहाँको बारेमा लेखिएको छ । ईरा आचार्यसँगको सहकार्यका सम्झनाहरू र मानवियताको निभ्नलागेको ज्योतीलाई जगाउन भएका पहलहरूलाई शब्दचित्रमा उतार्नु भएको छ । ती अनमोल पलहरूलाई तश्विरमा कैद गरेर दस्तवेजिकरण गरिएको छ । ईरा आचार्यसँग प्रत्यक्षरूपमा सहकार्य गर्नु हुने सामाजीक अभियान्ताहरूले सहकार्यका पलहरूलाई मिहिनढंगले शब्द चित्रमा प्रस्तुत गर्नु भएको छ ।
पुस्तक पढ्दा पाठकलाई भावुक बनाउँछ । कतै उर्जा र प्रेरणा मिल्दछ । ईराका पदचापहरूले पाठकलाई केही गर्नु पर्ने रहेछ । वाह मानिसले यस्ता कार्यहरू पनि गर्न सक्दा रहेछन भन्ने आँट र साहश प्राप्त गर्दछन् । अमेरिकाको जीवन अत्यन्त व्यस्त हुने गर्दछ । महँगी र मोर्गेजले गर्दा मानिसले मानवता नै बिर्सिन्छन् । मानिस व्यक्ती केन्द्रित हुँदै जान्छ । हामी भन्ने हराएर म का पेरिफेरीमा रूमलिन्छ जीवन । यस्तो मानवियताको खडेरी लागेर मरूभूमी बनेको अवस्थामा ईरा आचार्यको त्याग त प्रसंसनिय नै छ । त्यो त्याग र तपश्यालाई लिपिबद्ध गर्नु चानचुने कुरा हैन । ईराका पति साहित्यकार, समाजसेवी बैकुणंठराज आचार्यले यो कार्य गर्नु भयो । भगवान शीवले पत्नी पार्वतीको वियोगमा उहाँको शरीरलाई बोकेर सन्सार घुम्नु भयो रे । जहाँ जहाँ पार्वतीका अंगहरू पतन भए ती तीर्थस्थल बनेका कुरा पढ्दै हुर्केका हामी । कती मानिसहरू पति या पत्नी वियोगमा केही समयको अन्तरालमा नयाँ साथी बनाएर ती पुराना दिनहरू बिर्सन प्रयास गर्छन् । तर श्री बैकुण्ठराज आचार्यले बडा मेहनत पूर्वक यो पुस्तक तयार गर्नु भएको छ । यो पुस्तकले ईरा आचार्यलाई लिएर सन्सारभरी नै घुम्ने छ ।
पत्नी वियोगमा माधव घिमिरेले गौरी जन्माउनु भएको थियो । होमनाथ सुवेदीले नन्दा शोक काव्य प्रकाशन गर्नु भएको छ । यो पुस्तक भने भिन्न प्रकृतिको शब्द चित्र र बिभिन्न समयमा ईरा आचार्य संलग्न भएका ऐतिहासँसिक तस्विरहरूलाई रंगिन बनाएर सजाईएका छन् । पाठकलाई लाग्न सक्छ कुनै लाईभ चलचित्र नै हेरी रहेको छु भन्ने । स्रस्टा साँझ अमेरिकाका महासचिव रहनु भएका साहित्यकार बैकुण्ठराज आचार्य यो पुस्तक प्रकाशन गर्नु भएको हो । बिभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा तयार भएको यो ऐतिहाँसिक पुस्तक लोकार्पण र चर्चा परिचर्चा भएको कुरा फेसबुकमा हेरेको थिए । मार्च १५मा २०२५मा टेक्सासबाट बैकुण्ठराज आचार्यले हुलाकबाट पठाउनु भएको पुस्तक प्राप्त भयो । यो पुस्तकको लेआउट सुमन कार्कीले गर्नु भएको छ । २२४ पृष्ठमा छापिएको पुस्तकलाई सहारा प्रिण्ट कनेक्सन काठमाण्डौले छापेको छ । ईरा आचार्य बैकुण्ठराज आचार्यकी अर्धाङ्गिनीमात्र हुनु हुन्न । उहाँ समाजकी पथप्रदर्शक अझ नेपाली समाजलाई अमेरिकाको समाजसँग परिचित गराउने नेपालीदूतको रूपमा हुनु हुन्थ्यो ।
हार्दिक श्रद्धासुमन ईरा आचार्यलाई
प्रतिक्रिया