काठमाडौँ । गायिका गीता पाण्डेको स्वर रहेको युगल गीत ‘ ए तन ’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत चर्चित मनोज चौलागाईको रहेको छ। गीतालाई गायक मनिष चौधरीले साथ दिएका छन् ।
सो गीतको भिडियोमा रोजेन सुन्दास र मिशेल घिमिरेको अभिनय छ । गीतमा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ,उमेश शाहको छायांकन,सम्पादन बिकाश धमला, सन्जीव कार्कीको सह निर्दशन रहेको सो गीतको निर्देशन नितिन चन्दले गर्नुभएको हो ।
चर्चित गीतकार तथा संगीतकार चौलागाई यस गीतका गायक तथा गायिका नेपाली गीत संगीतमा प्रबल सम्भावना बोकेका साथै निर्देशकको अहिले सम्मकै उत्कृष्ट भिडियो बनाएको जानकारी गराउनु भयो।
यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त रहेको गायिका पाण्डेले बताइन्। भिडियो गायिका गीता पाण्डेको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया