संघीय न्यायाधीशले गत बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा घोषित ११ बिलियन डलर बराबरको सार्वजनिक स्वास्थ्य कोष कटौतीलाई अस्थायी रूपमा रोक लगाएका छन्। यो निर्णय २३ वटा अमेरिकी राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया(डिसी)ले सो कोष बचाउन दायर गरेको मुद्दापछि आएको हो।
राज्यहरूको गठबन्धनले स्वास्थ्य तथा मानव सेवा विभाग र सचिव रवर्ट एफ. केनेडी जूनियरविरुद्ध मुद्दा दायर गरेका थिए ।
मुद्दामा भनिएको छ “मार्च २४ मा बिना चेतावनी यो कोष अचानक बन्द गरिएको” थियो। ट्रम्प प्रशासनले भने कोरोनाभाइरस महामारी सकिएको भन्दै आपतकालीन अवस्थासँग सम्बन्धित यी अनुदानहरू अब आवश्यक नरहेको तर्क दिएको छ।
यस मुद्दामा रोड आइल्याण्डसँगै सामेल भएका राज्यहरूमा एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, हवाई, इलिनोइ, मेन, म्यासाचुसेट्स, मिशिगन, न्यूयोर्क, पेनसिल्भेनिया, वाशिंगटन लगायतका राज्य छन्।
एरिजोनाको स्वास्थ्य विभागले अदालतमा कोष कटौतीका कारण हाम्रो रोग निगरानी प्रणाली सुधारको योजना बिथोलिएको छ। यदि प्रणाली अद्यावधिक हुन सकेन भने राज्यभरि रोग पत्ता लगाउने र नियन्त्रण गर्ने क्षमतामा गम्भीर असर पर्न सक्छ भनेको छ ।
यस मुद्दाले राष्ट्रव्यापी सार्वजनिक स्वास्थ्य संकट निम्त्याउने सम्भावना भएको भन्दै अब स्थायी न्यायिक समाधान खोजिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया