बेलायती हास्यकलाकार रसेल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोपमा शुक्रबार अभियोग लगाइएको छ। यो मुद्दा केही महिलाहरूको उजुरीपछि सुरु भएको अनुसन्धानबाट अघि बढाइएको हो।
लन्डनको महानगर प्रहरीका अनुसार ५० वर्षीय ब्रान्डमाथि एक बलात्कार, एक अमर्यादित दुर्व्यवहार, एक मौखिक बलात्कार र दुई यौन दुर्व्यवहारको अभियोग लगाइएको छ। यी घटनाहरू १९९९ देखि २००५ को बीचमा भएको आरोप लगाइएको छ।
सेप्टेम्बर २०२३ मा वेलायती संचारमाध्यमहरू च्यानल ४ र संडे टाइम्सले चार महिलाले ब्रान्डद्वारा यौन दुर्व्यवहार वा बलात्कार गरिएको दाबी सार्वजनिक गरेका थिए। ती महिलाहरूको पहिचान सार्वजनिक गरिएको छैन।
ब्रान्डले ती सबै आरोपहरू अस्वीकार गर्दै आफ्नो सबै सम्बन्ध आपसी सहमतिमा आधारित भएको बताएका छन्।
हाँस्यशैलीका लागि चर्चित कलाकार ब्रान्डले रेडियो र टेलिभिजन( दूरदर्शन) कार्यक्रम सञ्चालन गरेका थिए ।
हलिउड चलचित्रहरूमा अभिनय गरेका थिए । सन् २०१० देखि २०१२ सम्म गायिका केटी पेरीसँग विवाह गरेका थिए।
हालका वर्षहरूमा ब्रान्ड मुख्यधाराको सञ्चारमाध्यमबाट टाढिएका छन् भने हालै उनले अमेरिका बसाई सराई गरिएको बताएका थिए।
प्रहरीका अनुसार ब्रान्ड मे २ मा लन्डनको एक अदालतमा उपस्थित हुनेछन्।
प्रतिक्रिया