नेपाली पत्रकारहरुमा संभवतः सबैभन्दा बृद्ध पत्रकार भैरव रिसालको देहावसान भएको छ । उहाँ ९७ बर्षको हुनुहुन्थ्यो ।
राष्ट्रीय समाचार समितिमा लामों समय काम गरेरप्रमुख समाचारदाताबाट सेवा निबृत्त हुनु भएको थियो । रेडियो सगरमाथामा कार्यक्रम प्रस्तोताको रुपमा पनि लामै समय काम गर्नु भएका रिसालले धेरै पत्रपत्रिकाहरुमा स्वतन्त्र लेखकका रुपमा पनि लेख रचना प्रकाशित गर्नु भएको थियो । वि.सं. १९८५ मा भक्तपुरमा जन्मनु भएका पत्रकार रिसालले २५ बर्ष लगातार रेडियोमा कार्यक्रम चलाउनु भएको थियो । संचार जगतको अलावा रिसालसँग तथ्याँक विभागमा काम गरेर काला पानी लिम्पियाधुरालगायत सुदुर पश्चिमका विकट गाउँमा पुगेर जन गणना गरेको पनि अनुभव छ ।
पत्रकार रिसाल मुटु र फोक्सोको उपचारका लागि बानेश्वर स्थित फ्रन्टलाईन अस्पताल भर्ना हुनुभएको हो । उपचारकै क्रममा उहाँको आईतबार निधन भएको थियो । उहाँले आफ्नो शरीर शिक्षण – प्रशिक्षणका लागि पाटन अस्पताल लाई दान दिनु भएकाले उहाँका दाहसंस्कारका कुनै पनि कार्यक्रम नहुने परिवार श्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया