बेलायतका प्रधानमन्त्री कियर स्टारमरले आज युरोपेली नेताहरूसँग दूरवार्ता (टेलिफोन )संवाद गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका भन्सार शुल्क (ट्यारिफ)हरूको सन्दर्भमा युरोपले “विश्व आर्थिक प्रणालीको नयाँ युग” मा प्रवेश गरेको बताएका छन्।
डाउनिङ स्ट्रिट(बेलायती प्रधानमन्त्रीको आधिकारिक कार्यालय )द्वारा जारी विज्ञप्ति अनुसार, प्रधानमन्त्रीले यो विचार युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लायन, जर्मन चान्सलर ओलाफ शोल्ज र भावी चान्सलर फ्रेडरिक मर्जसँग साँझा गरेका थिए।
विज्ञप्तिमा भनिएको छ, सुरक्षा र रक्षा जस्तै सबैले सहमति जनाए ,यो आर्थिक क्षेत्रमा पनि नयाँ युगको सुरुआत हो। युरोपले यो घडीलाई गम्भीरतासाथ लिनुपर्छ र कडा मेहनत गर्ने नागरिकहरूलाई पर्ने असरलाई कम गर्दै अन्य मुलुकहरूसँग सहकार्यमा व्यापक आर्थिक स्थायित्व कायम राख्न प्रयास गर्नुपर्छ।”
प्रधानमन्त्री स्टारमरले राष्ट्रपति ट्रम्पका नयाँ भन्सार महसुल प्रति “निराशा” व्यक्त गरे पनि उनले संयम अपनाउन आह्वान गरेका छन् । उनले “सबै सम्भावनाका लागि तयार रहनुपर्ने” कुरामा जोड दिएका छन्।
ट्रम्प प्रशासनद्वारा लिइएको नयाँ शुल्क नीति युरोपेली निर्यातमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै बेलायतले गम्भीरतापूर्वक कूटनीतिक संवाद जारी राखेको छ।
प्रतिक्रिया