राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार घाटा १ ट्रिलियन भन्दा बढी रहेको भन्दै त्यसलाई समाधान नगरी कुनै पनि सम्झौता नहुने स्पष्ट गरेका छन्। आइतबार एयर फोर्स वान (राष्ट्रपतीय विमान)मा पत्रकारहरूसँग कुरा गर्दै उनले चीनलाई दशकौँ देखि व्यापार दुर्व्यवहार गरेको आरोप पनि लगाए।
“चीनसँग हामीसँग १ ट्रिलियन व्यापार घाटा छ। हामी प्रत्येक वर्ष सयौँ बिलियन डलर गुमाइरहेका छौँ। जबसम्म यो घाटा सुल्झिँदैन, म सम्झौता गर्न चाहन्न,” ट्रम्पले भने।
उनका अनुसार, “म चीनसँग सम्झौता गर्न तयार छु, तर उनीहरूले व्यापार नाफा सुल्झाउनु पर्छ। हामीसँग चीनसँग ठूलो घाटा छ, जुन असहनीय र असन्तुलित छ।”
राष्ट्रपति ट्रम्पले यो पनि बताए कि शुल्कका कारण अमेरिका भित्र अहिले सम्मकै उच्च स्तरमा लगानी आएको छ – जसमध्ये ७ ट्रिलियन डलर कार निर्माण, चिप उद्योग र अन्य उद्योगहरूमा प्रतिबद्ध गरिएको छ।
उनले थपे, “मैले युरोप र एसियाका धेरै नेताहरू सँग कुरा गरें, जो सम्झौता गर्न आतुर छन्। तर जबसम्म घाटा रहन्छ, म सम्झौता गर्नेवाला छैन। घाटा भनेको हानि हो। हामी नाफामा जानुपर्छ, या कम्तिमा शून्य घाटामा।”
चीनलाई विशेषरूपमा लक्षित गर्दै ट्रम्पले भने, “चीनसँगको घाटा सबैभन्दा ठूलो छ, र ,यो अस्वीकार्य छ। म यस मुद्दामै निर्वाचित भएको हुँ।”
प्रतिक्रिया