प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनप्रति टिप्पणी गर्दै जायज माग लिएर वार्तामा आए सम्बोधन गर्न तयार रहेको बताएका छन्।
सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्ने क्रममा उनले शिक्षकहरूलाई सडकमा दुःख नपाउन र आन्दोलन नगरी कुराकानीबाट समाधान खोज्न आह्वान गरेका हुन्।
उनले भने, “अहिले शिक्षक आन्दोलन चलिरहेको छ, किन चलाउनुभएको हो मलाई थाहा छैन। म प्रधानमन्त्री छु, म भनिरहेको छु- जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं।”
प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई सडकमा गएर सुत्नु नपर्ने र दुःख नपाउने गरी सरकारसँग संवाद गर्न सुझाए। “आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं,” उनले थपे, “उहाँहरू कुराकानीमा आउनुहोला, हामी यथोचित ढंगले सम्बोधन गर्छौं।
प्रतिक्रिया