अमेरिकाको मेरिल्याण्ड राज्यको अत्यन्तै सशक्त तथा मेरिल्याण्ड राज्यको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) बानाको अध्यक्ष पदमा जितेन्द्र गुरुङ सहित उनको टोली बिजयी भएको छ । तर आधिकारिक घोषणा हुन् बाँकी छ । श्रोतले ईनेप्लिजलाई जानकारी गराउदै उनको पुरै टोली निर्वाचित भएको बताएको छ । निर्वाचन समितिले केही समयमा घोषणा गर्ने छन् ।
बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमितिका लागि आइतबार अप्रिल ६ का दिन भएको निर्वाचनमा जितेन्द्र गुरुग निर्वाचित भएका हुन् । श्रोतका अनुसार उनले कूल एघार सय भन्दा ज्यादा मत अर्थात्११६४ मत ल्याई बिजयी भएका छन्।
उनले आफ्ना दुई प्रतिद्वन्दी लक्ष्मी भारती र कोशिश भण्डारीलाई हराउदै २०२५-२०२८ को लागि नेतृत्व लिने भएका छन्।
स्मरण रहोस , बानामा ४ हजार ८ सय ३ जना मतदाता रहेका छन् । यो २०२५-२०२८ को नेतृत्वको लागि तीन समूह चुनावी मैदानमा थिए । जितेन्द्र गुरुङ,कोशिश भण्डारी र लक्ष्मी भारतीका समूहहरुले बिभिन्न पदहरुमा उम्मेद्वारी दिएका थिए ।
आधिकारिक घोषणा पछि थप बिस्तृत जानकारी गराउने छौ ।
प्रतिक्रिया