राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ सामानमाथि थप शुल्क लागू गरेपछि, चीनले कडा प्रतिक्रिया दिँदै अमेरिकी सामानमाथि ८४% सम्मको प्रतिकारात्मक कर घोषणा गरेको छ।
बुधबार चीनको सरकारी सञ्चारमाध्यमले जनाएको अनुसार पहिले ३४% रहेको कर अब ८४% मा पुर्याइएको छ।
यो निर्णय अमेरिकी समयअनुसार मध्यरातपछि ट्रम्पको नयाँ १०४% शुल्क लागू भएपछि आएको हो। ट्रम्प प्रशासनले चिनियाँ सामानमा यो अत्यधिक कर लगाउँदै व्यापार असन्तुलन र “अमेरिकी उद्योगमा भएको क्षति” को जिम्मेवार चीनलाई ठहर गरेको छ।
चीनले भने यस कदमलाई “अन्यायपूर्ण र आक्रामक रणनीति”भन्दै आलोचना गरेको छ।
चीनको भनाई अनुसार, यो नयाँ कर अमेरिकी सामानको आयातमा प्रत्यक्ष असर पार्नेछ र व्यापारिक सम्बन्धमा थप तनाव ल्याउनेछ।
यसको असरस्वरूप विश्लेषकहरूका अनुसार ट्रेड वार अर्थात् व्यापार युद्ध अझ चर्किन सक्नेछ, जसको प्रभाव केवल अमेरिका र चीनमा मात्र नभई विश्वव्यापी आर्थिक बजारमा पनि पर्नेछ।
यो कर युद्धसँगै दुवै देशबीचको तनाव नयाँ चरणमा पुगेको छ ।
प्रतिक्रिया