अमेरिकी सरकारले अब आप्रवासीहरूको सामाजिक सञ्जाल खाताहरूमा यहूदी विरोधी विचार, गतिविधि वा आतंकवादको समर्थन छ कि छैन भन्ने आधारमा प्रवेशाज्ञा( भिसा) र स्थायी बसोबासको निर्णय गरिने भएको छ।
अमेरिकी गृह सुरक्षा बिभागको निर्देशनअनुसार अब यस्तो सोच, भाषा वा गतिविधिलाई “नकारात्मक तत्व” का रूपमा मूल्यांकन गर्नेछ।
यस नीतिले विशेष रूपमा स्थायी आवासिय पत्र(हरियो पत्र) का लागि आवेदन दिने, अमेरिकी शैक्षिक संस्थासँग आबद्ध विदेशी विद्यार्थीहरू, र यस्ता संस्थाहरूसँग सम्बन्धित अन्य व्यक्तिहरूलाई लक्षित गर्नेछ।
यदि कुनै व्यक्तिको सामाजिक सञ्जालमा यहूदी विरोधी आतंकवाद, संगठन वा विचारको समर्थन देखिन्छ भने त्यसले उनीहरूको आप्रवासन प्रक्रियामा प्रत्यक्ष असर पार्नेछ।
अमेरिकी अधिकारीहरूका अनुसार यो कदम यहूदी विरोधी कट्टरपन्थ र हिंसालाई रोक्न लिइएको गम्भीर प्रयास हो।
प्रतिक्रिया