मेरो जीवनको रक्षा हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु: दुर्गा प्रसाईं

इनेप्लिज २०८१ चैत २६ गते २१:१५ मा प्रकाशित

गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले भर्खरै एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नभागेको तर जोगिएर बसेको बताएका छन् । पेरूमा नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलन नै समाप्त पारिएको स्मरण गराउँदै उनले त्यसकारण आफू जोगिएर बसिरहेको बताएका छन् ।

‘मेरा वकिलहरु ध्रुबलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशिल पन्त, रमण श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, डा.भीमार्जुन आचार्य र मानवअधिकारवादीको रोहबरमा हो भने म २४ घण्टाभित्र उपस्थित हुन तयार छु,’– उनले भनेका छन् ।

साथै, तीनकुनेको हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु भएको दुई जनाको परिवारलाई पाँच/पाँच लाख आर्थिक सहयोग गर्ने पनि उनले बताएका छन् थप उनको भिडियो सन्देश हेर्नुहोस

बेद प्रसाद घिमिरे

प्रतिक्रिया