अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन,अध्यक्षमा थापा

इनेप्लिज २०८१ चैत २७ गते ०:१४ मा प्रकाशित

लेगोस ,नाइजेरिया ।अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन भएको छ । नेपाली खानालाई विश्वभर प्रबर्द्धन गर्ने र नेपाली सेफहरुको पेशागत दक्षतालाई बढाउने उद्देश्यले सोसाईटीको गठन भएको छ ।

कृष्ण थापाको अध्यक्षतामा गठन भएको कार्यसमितिमा रेशम सुनार वरिष्ठ उपाध्यक्ष ,यमलाल आचार्य उपाध्यक्ष ,यामबहादुर थापा महासचिव ,बुद्दी अखेली सचिव , हरि भण्डारी सहसचिव ,बिष्णु खत्री कोषाध्यक्ष , बिक्रम सिंह सहकोषाध्यक्ष र जगेश्वर वलि , सुर्यबहादुर रायमाझी , तुल्सीराम भण्डारी ,बिष्णु गिरी र अर्जुन सिंह सदस्य रहेका छन ।

शाखाका अध्यक्ष कृष्ण थापा लेगोस स्थित अन्तर्राष्ट्रिय होटेल म्यारियोटमा प्रमुख सेफको पदमा कार्यरत छन । नाइजेरियामा विभिन्न होटेल र रेस्टुरेन्टमा गरि पचास भन्दा बढी नेपाली सेफहरु कार्यरत छन ।

“नेपाली सेफहरुको ब्यक्तित्व बिकास तथा नेपाली खानाको स्तर उन्नतीको लागि हाम्रो अभियान ” भन्ने उद्देश्य रगेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अन्तर्राष्ट्रिय रुपमा बिश्वभर नै संगठित हुने क्रममा रहेको छ ।

प्रतिक्रिया