ट्रम्पको व्यापार नीतिमा युरोपेली संघ (इयू)द्वारा अमेरिकी विरुद्धको बदला शुल्क ९० दिनका लागि रोकेको घोषणा

इनेप्लिज २०८१ चैत २७ गते ११:४३ मा प्रकाशित

युरोपेली संघले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक नीतिमा अमेरिका विरुद्धको बदला स्वरूप लगाउन लागिएको शुल्क ९० दिनका लागि रोक्ने निर्णय गरेको छ।

“हामी वार्तालाई अवसर दिन चाहन्छौं,” इयू आयोगकी अध्यक्ष उर्सुला भन डर लेयनले सामाजिक सॅजाल एक्समा लेखिन्।

ट्रम्प प्रशासनले मार्चमा स्टिल र एल्युमिनियममा २५% शुल्क लगाउने घोषणा गरेपछि इयूले बुधबार पहिलो प्रतिकार कदम चालेको थियो। तर, केही समयमै राष्ट्रपति ट्रम्पले धेरै देशहरूमा लगाइएको “पारस्परिक” शुल्कलाई ९० दिन स्थगित गर्ने घोषणा गरे।

भन डर लेयनले चेतावनी दिँदै थपिन्: “यदि वार्ता सन्तोषजनक भएन भने हाम्रो बदला कदम तुरुन्तै लागू हुनेछ।”

२७ राष्ट्रको यो समूहले अमेरिकी तर्फबाट तीन प्रकारका शुल्कको सामना गर्दै आएको छ: इस्पात र एल्युमिनियममा २५% कर, गाडी निर्यातमा २५% कर, र अन्य सबै सामानमा २०% “पारस्परिक शुल्क”।

यद्यपि पारस्परिक शुल्कमा रोक लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले इस्पात गाडीजस्ता विशिष्ट उद्योगका शुल्क भने यथावत् रहने बताए ।

साथै सबै राष्ट्रहरूमा लागू हुने १०% न्यूनतम शुल्क पनि कायम रहने स्पष्ट पारे।

यद्यपि युरोपेली बजारले ट्रम्पको निर्णयलाई केही राहतको रूपमा लिएको छ । लगानीकर्ता र विश्लेषकहरूले व्यापार नीतिको अनिश्चितता र अचानक परिवर्तनले विश्वव्यापी आर्थिक वृद्धिमा बाधा पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया