आज ह्वाइट हाउसको मन्त्रीपरिषद(क्याबिनेट) बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन कडाइका बीच अमेरिकी किसानहरूलाई आश्वस्त पारेका छन्। उनले अवैध रूपमा देशमा रहेका तर कृषि कार्यमा संलग्न आप्रवासी कामदारहरूप्रति लचिलो नीति अपनाइने बताएका छन्।
राष्ट्रपति ट्रम्पले भने, “हामी किसानहरूसँग सहकार्य गर्नेछौं। यदि उनीहरूसँग निश्चित कामदारहरूका लागि सशक्त सिफारिस छ भने ती कामदारहरूलाई केही समयका लागि बस्न दिइनेछ र किसानहरूसँगै काम गर्न दिनेछौं।”
उनले स्पष्ट पार्दै अगाडी भने अवैध आप्रवासीहरू अन्ततः देश छोड्नुपर्ने हुन्छ, तर सरकारले उनीहरूलाई कानुनी प्रक्रियामार्फत पुनः फर्कन सहयोग गर्नेछ।
यो भनाई गृह सचिव क्रिस्टी नोएमले प्रस्ताव गरेको “स्व-प्रवासन (self-deportation)” योजना सार्वजनिक भएपछि आएको हो।
ट्रम्पले पनि यो योजनालाई समर्थन जनाउँदै भने, “यदि कोही राम्रो तरिकाले स्वदेश फर्किन्छन् भने हामी सुरुबाटै उनीहरूलाई कानुनी तरिकाले फिर्ता ल्याउन काम गर्नेछौं। उनले नोएमसँग पुष्टि गर्दै सोधे।
प्रतिक्रिया