अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलनको तयारी लगभग पूरा , अतिथिहरु आउने क्रम जारी : संयोजक सिता पाण्डे

इनेप्लिज २०८१ चैत २८ गते ०:०१ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा हुने अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलनको तयारी लगभग पूरा भएको सम्मेलन संयोजक सिता पाण्डेले ईनेप्लिजलाई बताइन् । साथै उनले नेपाल लगायत विभिन्न राष्ट्रबाट अतिथिहरु आउने क्रम जारी रहेको छ ।

झापाली समाज अमेरिका र अन्तर्राष्ट्रिय झापाली समाजको सयुक्त आयोजनामा यही अप्रील ११ र १२ (शुक्रबार र शनिबार)का दिन भर्जिनियाको टाइसन कर्नरमा चौथो क्षेत्रीय अन्तर्राष्ट्रिय झापाली सम्मेलन हुन लागिरहेको हो ।

यस सम्मेलनको लागि अस्ट्रेलिया,कतार,बेल्जियम,नेदरल्याण्ड,नेपाल र अमेरिकाको टेक्सस, क्यालिफोर्निया,पेन्सल्भेनिया, न्युयोर्क, भर्जिनिया, मेरील्याण्ड लगायत धेरै राज्यबाट भाग लिन आउने भएका छन् । गत मंगलबार देखि नै नेपाल लगायत केही राष्ट्रहरुबाट सम्मेलनको लागि सहभागी हुन् अमेरिका आई सकेका छन् । आज बिहिबार साँझ सम्म विदेशबाट आउने क्रम जारी रहेको छ ।

संयोजक पाण्डे यो झापालीको मात्र नभई नेपालीहरुको पनि सम्मेलन भएको बताइन र सबैलाई सहभागी हुन् आग्रह इनेप्लिज मार्फत गरेकी छिन् । संयोजकले बताए अनुसार डिसी क्षेत्रका बिभिन्न संघ/संस्थाहरुको सहभागितामा हुने यो सम्मेलनले निकै महत्व राखेको छ । डिसी क्षेत्रका नेपाली समुदायले बढो उत्सुकताको साथ हेरेका छन् भने सल्लाह सुझाव दिनुको साथै सहभागिता जनाउने बुझिएको छ ।

सम्मेलनमा झापामा जन्मी -हुर्की,बिश्वका विभिन्न देशमा रहेर योगदान दिने १० जना “झापाली तारा”हरुलाई सम्मान गरिने समेत कार्यक्रम रहेको छ। झापालीहरु बिश्वका बिभिन्न देशमा गएर झापा, नेपाल र नेपालीलाई गौरान्बित गर्ने कार्य गरि रहेरका छन् ।

सम्मेलन सफल बनाउन सल्लाहकार समिति समेत बनाईएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना पनि डिसी आई पुगेका छन् भने उनि पनि अतिथिहरुलाई स्वागत गर्न बिमानस्थल पुगेका छन् । झापाली समाज अमेरिकाका अध्यक्ष मोहन उप्रेती पनि अहोरात्र खटिई रहेका छन् । संस्थाका कोषाध्यक्ष प्रशन्न संग्रौलाको संयोजकतत्वमा आशिष संग्रौला तथा रोशन बिमली सहितको समिति बनेको छ । त्यस्तै कविन्द्र सिटौलाको संयोजकतत्वमा अतिथि -सत्कार तथा उप समिति गठन भएको छ ।

सबै समितिले अत्यन्तै क्रियाशील रुपमा काम गरि रहेका छन् । अध्यक्ष ढुंगाना , संग्रौला तथा सिटौलाले सम्मेलनको तयारी पूर्ण भएको ईनेप्लिजलाई बताए । यसै गरि नेपालबाट पत्रकार टिकाराम यात्री पनि सम्मेलनको लागि डिसी आई पुगेका छन् ।

कार्यक्रम हुने स्थल :
अप्रिल १२,२०२५ शनिबार
समय : १० बजे बिहान

स्थान : डबल ट्री हिल्टन होटेल
१९६० चेन ब्रीज रोड, मक्लीन
भर्जिनिया , अमेरिका

प्रतिक्रिया