शुक्रबार बिहान अमेरिकाको फ्लोरिडा राज्यरो बोका राटोनमा भएको सानो विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरू र अमेरिकी फेडेरल एभिएसन प्रशासनका अनुसार बोका राटोन बिमानस्थलबाच उडेको सेसना ३१० आर विमान टलाहासी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो।
फ्लाइटराडार२४का अनुसार विमान २० मिनेटभन्दा कम समय आकाशमा रहेको थियो।
बोका बारुण नियन्त्रण तथा उद्धारका सहायक प्रमुख माइकल ला सालेले पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “विमानमा प्राविधिक समस्या आएको देखिन्छ र सैनिक क्षेत्रमा खसेको हो।” दुर्घटनास्थलमा जमिनमा रहेको एउटा कारसमेत प्रभावित भएको छ ।
कारमा रहेका एक पुरुषलाई गम्भीर चोट नलागी सामान्य चोटपटक मात्रै लागेको छ। उनको अवस्था जीवन जोखिम नभएको बताइएको छ।
यो घटना निकै त्रासदीपूर्ण र दुर्भाग्यपूर्ण भएको जनाइएको छ। अहिले विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ। प्रारम्भिक अनुमानअनुसार यान्त्रिक समस्याले विमानलाई आकस्मिक अवतरण गर्न नसकी जमिनमै दुर्घटना गराएको हो।
प्रतिक्रिया