पर्ल हार्बर आक्रमणका सबैभन्दा जेष्ठ जीवित साक्षी भन ड्रेक जुनियरको अप्रिल ७ मा १०६ वर्षको उमेरमा निधन भएको छ। उनी दोस्रो विश्वयुद्धका बहादुर अमेरिकी सैनिक थिए, जसले आफ्नो जीवन राष्ट्रसेवामा समर्पण गरेका थिए।
सन् १९१८ नोभेम्बर ६ मा केन्टकीको विन्चेस्टरमा जन्मिएका ड्रेकले अमेरिकी सेना इन्जिनियर(अभियन्त्रणा) कर्प्समा सेवा गरेका थिए। उनले पर्ल हार्बर र साईपानको युद्ध देखेका थिए । त्यसबापत पर्ल हार्बर भेटेरान (पूर्व सैनिक )पदक तथा द्वितीय विश्वयुद्ध विजय पदक जस्ता सम्मान प्राप्त गरेका थिए।
२०१६ मा दिएको अन्तर्वार्तामा ड्रेकले डिसेम्बर ७, १९४१ को पर्ल हार्बर आक्रमणको सम्झना सुनाएका थिए। २३ वर्षे उमेरमा उनले कानेओहे नौसैनिक वायु केन्द्र (नेभल एयर स्टेशन)मा अस्थायी पावर प्लान्ट( बिजुली घर)को जिम्मेवारी सम्हालेका थिए। जब जापानी युद्धविमानहरू आकाशमा देखिए, उनले शुरुवातमा त्यसलाई सैन्य अभ्यास ठानेका थिए।
“हामी बिहानको खाना खान पंक्तिमा थियौं,” ड्रेकले भने, “र हामीले आकाशमा युद्धबिमान द्रुतगतिमा उढेको गदेख्यौं। हामीले त्यो प्रदर्शन हो जस्तो ठानेका थियौं।” पछि तिनीहरूले पखेटामा रातो चिन्ह देखे र हमला सुरु भएको विश्वास गर्न थाले।
युद्धपछि उनले केन्टकी फर्किएर अभियन्ता (इन्जिनियर)को रूपमा पेशा (करियर) सुरु गरे। उनी पत्नी लिना ड्रेकसँग बिहे भएको ६५ वर्ष पछि सन् २०११ मा मृत्यु भएको थियो । अहिले उनका छोरा, दुई नाति र तीन पनातिहरू जीवित छन्।
ड्रेकलाई अप्रिल १७ मा केन्टकीको विन्चेस्टर सिमेट्रीमा सैनिक सम्मानसहित अन्तिम श्रद्धाञ्जली दिइनेछ।
प्रतिक्रिया