अमेरिकाको डिसी महानगर क्षेत्रमा ३४ बर्ष अगाडी स्थापना भएको नेपा पासा पुचः अमेरिकाये (एनपीपीए)द्वारा आयोजित १५ औँ सामूहिक इहि पूजा भव्यताका साथ सम्पन्न भएको छ ।
सामूहिक इहि पूजा सन् २००६ मा पहिलो पटक सुरुवात गरिएको थियो । गत शनिबार अप्रिल १२ का दिन सम्पन्न उक्त समारोह मेरिल्याण्डको हरे कृष्ण मन्दिरमा आयोजना गरिएको थियो । करिव ४०० जना जना भन्दा ज्यादाको सहभागिता रहेको थियो ।
कार्यक्रम बिहान ८ बजे देखि दिउसो २ :३० बजे सम्म चलेको थियो भने इहि सामूहिक पूजा लामो समय देखि वर्तमान प्रथम उपसभापति शान्ति श्रेष्ठले संयोजन गरेकी थिइन् । करिव ५० जना स्वयम् सेवकहरुले सेवा प्रदान गरेका थिए भने उक्त समारोहमा करिव ३०० भन्दा ज्यादाको सहभागिता रहेको थियो ।
मेरिल्याण्डको पोटोम्याक शहर स्थित हरे कृष्ण मन्दिर(स्कन) मा सम्पन्न भएको १५ औँ सामूहिक इहि पूजामा २८ जना नेवा समुदायका कन्याहरुले सामूहिक इहि पूजा गरेका थिए ।
उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रको मेरिल्याण्ड ,भर्जिनिया र वाशिंगटन डिसी ,न्यूयोर्क,ओहायो ,मिजोरी ,नर्थ क्यारोलाइना, मिसिगन लगायत विभिन्न ८ वटा अन्य राज्यहरु समेत ईही पूजाको लागि आफ्ना छोरीहरुलाई ल्याएका थिए ।
उक्त सामूहिक इहि समारोहमा अमेरिकामा जन्मेका बालिकाहरुलाई सामूहिक ईही पूजामा समाबेश गरिएको थियो । नेवा समुदायका पुरोहित राजेन्द्र राजोपाध्यायले ईही पूजामा गरिने सम्पूर्ण परम्परागत बिधी मन्त्रोचारणका साथ सम्पन्न गरेका थिए।
इहिको अर्थ बेल बिबाह होईन: नेपाल भाषाको शब्द “इहि ” को अर्थ समय हो । बेल फललाई नेपाल भाषामा “ब्या” भनिन्छ । हिन्दू धर्ममा “ब्या” फललाई भगवान शिवको प्रतिक मानिन्छ । इहि प्रकृयामा कन्यालाई भगवान बिष्णुको अवतार सुवर्ण कुमारको प्रतिक मानी सुनमा कुँदिएको बिष्णु भगवान वा कुनै स्वर्ण वस्तुलाई कन्यादान गरिन्छ ।
यस अवसरमा भगवान शिव रुपी “ब्या” फल साक्षीको रुपमा उपस्थिती रहन्छ । “नेवा समुदायमा बिधवा भन्ने नै छैन र हुदैन l कन्याले केवल सुवर्ण कुमार संग मात्र बिबाह गरेको हुन्छ l बिबाहमा भगवान शिवको प्रतिनिधित्व गरेको हुन्छ l सुवर्णले भगवान बिष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ” ।
सँस्थाका वर्तमान अध्यक्ष मनोहर लाल श्रेष्ठ कार्यक्रममा उपस्थित भएका अतिथि ,सहभागी,आमन्त्रित समुदाय सदस्य ,कन्या तथा अभिभावकलाई स्वागत गरेका थिए । अन्त्यमा अध्यक्ष श्रेष्ठले नै प्रमाण पत्र वितरण गरेका थिए ।
सँस्थाका संस्थापक अध्यक्ष तथा समाजसेवी राम मालाकारले प्रारम्भिक पूजा गरेका थिए । सबैले नेपाल भाषामा बेल फललाई “ब्या” ” भनिन्छ र यहि ब्या अपभ्रंश भएर बेल बिबाह भएको बताइन्छ । यस समारोहको लागि व्यक्ति परिवार तथा व्यवसायिक संस्थाहरुले पनि आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।
प्रतिक्रिया