अमेरिकाको पेनसिल्भेनियाका गभर्नर जोश शापिरो र उनको परिवार सुतिरहेको बेला गभर्नर निवासमा आगो लगाइएको घटना पछि ३८ वर्षीय कोडी बाल्मर नामका व्यक्तिलाई पक्राउ गरिएको छ।
आइतबार बिहान २ बजे ह्यारिसबर्ग स्थित गभर्नरको घरमा आगो लागेको खबर प्राप्त भएको थियो। प्रहरी र दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए। धेरै क्षति भए पनि कोही घाइते नभएको प्रहरीले बताए ।
अधिकारिहरूका अनुसार कोडी बाल्मरलाई हत्या प्रयास, आतंकवाद, गम्भीर आगजनी,र विशेष व्यक्तिमाथिको आक्रमणलगायतको अभियोग लगाइने छ।
यो घटना यहूदी चाड ‘पासओभर’को पहिलो रात मनाएर गभर्नर शापिरो परिवार सुतेको केही समयपछि घटेको थियो। गभर्नर शापिरोले एक्समा लेख्दै भने, रातिको २ बजे प्रहरी ढोका ढकढकाउँदै आए। कसैले निवासमा आगो लगाएको रहेछ। धन्यबाद भगवानलाई, कोही पनि घाइते भएन। प्रहरी र अग्निनियन्त्रकहरू हाम्रो सुरक्षाका लागि ज्यानको जोखिममा काम गरे ,हामी सधैं उनीहरूप्रति ऋणी रहनेछौं।”
शापिरो, जसलाई २०२८ को राष्ट्रपति उम्मेदवारीका सम्भावित डेमोक्र्याट उम्मेदवार को रूपमा हेरिएको छ, उनले पत्रकारहरुलाई सम्मेलनमा भावुक हुँदै भने, हिंसा हाम्रो समाजमा अत्यधिक सामान्यजस्तो बन्दैछ। यो कुनै पनि दल वा विचारधाराबाट होस् – अस्वीकार्य हो र अब रोक्नैपर्छ।”
अनुसन्धान अझै जारी छ, तर प्रहरीले यसलाई स्पष्ट रूपमा आगजनी र आतंकवादी हमला भनेको छ।
प्रतिक्रिया