रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको नव निर्वाचित कार्यसमितीलाइ पदभार हस्तान्तरण

नातिबाबु भट्ट २०८२ वैशाख १ गते १०:१२ मा प्रकाशित

अप्रील १३ , २०२५
कोलोराडो, अमेरीका

कोलोराडोमा सकृय नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको हालै निर्वाचित नयां कार्यसमितीलाइ पदभार हस्तान्तरणको साथ साथै संस्थाको २४ औं साधारणसभा सम्पन्न भएको छ ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आइतबार दिउसो २ बजे देखी ५ बजे सम्म संचालित कार्यक्रममा संस्थाको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीहरुको नाम घोषणा, पदभार हस्तान्तरण तथा सधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष अर्जुन बगालेले सभा समक्ष संस्थाको प्रगती बिवरण तथा कोषाध्यक्ष गणेश पोख्रेलले आय ब्यायको बिवरण पेश गरेका थिए भने सभामा उपस्थित सदस्यहरुले सर्वसम्मत तरिकाबाट दुबै प्रतिवेदन पास गरेका थिए ।

पूर्व प्राध्यापक तथा समाजसेवी डा.विजयराज शर्माको प्रमुख आतिथ्यता तथा NRNA NCC का उपाध्यक्ष भानु खरेल, रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका सल्लाहकार तथा INLS BOT अध्यक्ष पदम बिश्वकर्मा, तथा रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष तथा निर्वाचन समितीका संयोजक नविन दत्तको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथीहरुले संस्थाको नवनिर्वाचित पदाधिकारीहरुलाई खादा, टिका लगाईदिई निर्वाचित भएको प्रमाणपत्र प्रदानगरी सम्मान गरेका थिए । त्यसैगरी समारोहमा निर्वाचन समितीका संयोजक नविन दत्तले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै उनीहरुलाई सामहिक रुपमा सफद खुवाएका थिए ।

संस्थाको हलै सम्पन्न निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष, उपाध्यक्ष महासचिव, कोषाध्यक्ष तथा महिला कोर्डिनेटरमा क्रमश आकृती राई अधिकारी, हरीबहादुर गुरुङ, तेजप्रसाद ढकाल, शुनीता अधिकारी र रमीता तुलाधर रहेका छन् भने बोर्डअफ डिरेक्टरहरुमा सन्तोष विश्वकर्मा र बिष्णु बिक रहेका छन् ।

साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरी दुइ सत्रमा संचालित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार तथा संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष अर्जुन बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष बिकाश त्रीपाठीले उपस्थित सबैलाई स्वागत गरेका थिए । महासचिव आकृती राई अधिकारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथी, तथा अतिथीहरुले नयां कार्यसमितीको कार्यकाल सफलताको शुभकामना तथा पुरानो कार्यसमितीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बक्ताहरुले सबै संघ संस्था संग हातेमालो गर्दै अगाडी बढ्न, दोश्रो पुस्ता लक्षित कार्यक्रम अगाडी बढाउन सुझाव दिएका छन् । त्यसैगरी NRNA NCC का उपाध्यक्ष भानु खरेलले NRNA NCC को गतिबीधिबारे प्रकासपारेका थिए ।

दोश्रोसत्रको कार्यक्रम नवनिर्वाचित महासचिव तेजप्रसाद ढकालले संचालन गरेका थिए । कार्यभार हस्तान्तरण पश्चात आजैदेखि निर्वतमान भएका संस्थाका अध्यक्ष अर्जुन बगालेले आफ्नो दुइबर्षे कार्यकालको अवधिमा सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए भने आजैदेखी पदभार संहालेकी नवनिर्वाचित अध्यक्ष आकृती राइ अधिकारीले सबैसंग साथ र सहयोग लागी अनुरोध गरेकी थिइन् ।

संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचाहनकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया