लुजियाना स्टेट युनिभर्सिटी ( राज्य बिश्वबिद्यालय)का पूर्व फुटबल(भकुण्डो) खेलाडी काइरेन लेसीले ह्युस्टन, टेक्ससमा आत्महत्या गरेका छन् भन्ने प्रारम्भिक आशंका गरिएको छ।
ह्यारिसन काउन्टी शेरिफको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, लेसीलाई प्रहरीले पछ्याइरहेका बेला उनले कार(निजी गाडी)मै आत्महत्या गरेको जनाइएको छ। उनी २४ वर्षका थिए।
लेसीमाथि गत डिसेम्बरमा लुजियानामा भएको घातक कार(गाडी) दुर्घटनासँग सम्बन्धित आपराधिक अभियोग लाग्दै आएका थिए, जसले उनको एनएफएल जीवनयात्राको सम्भावना धरापमा पारेको थियो।
शेरिफ कार्यालयका अनुसार, उनको नातेदारले ‘हातहतियार देखाएर जम्काभेट भएको’ भन्दै खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। उनले जमिनमा गोली हानेको पनि भनिएको छ। त्यसपछि लेसी कार (सवारी साधन)लिएर भागे र केही समयपछि प्रहरीले उनको गाडी देखेर रोकेन खोज्दा उनले दौडिए।
केही माइलको पछ्याइपछि उनको गाडी दुर्घटनामा पर्यो। प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा गाडीभित्रै उनी मृत भेटिए। प्रारम्भिक प्रतिवेदन अनुसार उनले आफैलाई गोली हानेका थिए।
लुजियाना स्टेट युनिभर्सिटीले वक्तव्य जारी गर्दै भनेको छ, “हामी काइरेन लेसीको असामयिक निधनबाट दुःखी छौं। उनका परिवार, साथी र प्रशिक्षकहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”
लेसीले गत मौषम लुजियाना स्टेट युनिभर्सिटीका लागि सबैभन्दा धेरै ९ पटक टचडाउन(अर्थात् ६ अङ्क ) पूरा गरेका थिए। तर, ७८ वर्षीय एक वृद्धको मृत्यु भएको दुर्घटनामा संलग्न रहेको आरोपपछि उनको एनएफएलमा संभावना कमजोर बनेको थियो।
प्रतिक्रिया