क्यालिफोर्नियाको आप्रवासन जाँच चौकी दुई अमेरिकी महिलाहरुलाई दुई नाबालिग मेक्सिकन बालिकाहरूलाई अमेरिका भित्र्याउने प्रयास गरेको प्रयासमा पक्राउ गरिएको अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षाले जनाएको छ।
उक्त घटना मंगलबार एल सेन्ट्रो सेक्टर अन्तर्गत राजमार्ग ८६ स्थित वेस्टमोर्ल्यान्ड नजिकैको सीमाना जाँच चौकीमा भएको थियो। महिलामध्ये एक जना गाडी चलाउँदै थिइन् भने अर्की अगाडिको सिटमा थिइन्। गाडीको पछाडि १० र १२ वर्षकी दुई बालिका निदाएको अवस्थामा भेटिएका थिए।
गाडी रोकिएपछि चालकले प्रारम्भमा आफूहरू एरिजोनाबाट क्यालिफोर्निया जाँदै गरेको बताइन्। तर पछि उनीहरू सान लुइस प्रवेश बिन्दु हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गरेको स्वीकार गरे ।
सुरुमा दिएको जानकारी र पछिको विवरण बीचको अन्तरका कारण गाडीलाई दोस्रो जाँचका लागि पठाइएको थियो। त्यहाँ बालिकाहरूको परिचयपत्रमा भएको तस्बिर र नाम उनीहरूको वास्तविक पहिचानसँग मेल नखाएको पत्ता लाग्यो।
सोधपुछमा महिला र ती बालिकाहरूबीच कुनै पारिवारिक सम्बन्ध नभएको पुष्टि भयो। चालकले ती बालिकाहरूको आमालाई सम्म नचिनेको स्वीकारिन्।
अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षा अनुसार ती दुई बालिकाहरू मेक्सिकोका असहाय नाबालिग हुन्।
एल सेन्ट्रो क्षेत्रका प्रमुख गस्ती अधिकारी ग्रेगोरी बोभिनोले भने, “यसरी नै बालबालिकाको तस्करी सुरु हुन्छ। जब बालबालिकाहरू आफ्ना बाबुआमासँग हुँदैनन्, उनीहरूका लागि कस्तो दर्दनाक अवस्था आउन सक्छ भन्ने सोच्न पनि सकिन्न।”
अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षाले गाडी जफत गरेको छ र दुबै महिलालाई अवैध आप्रवासी तस्करीको अभियोगमा कारबाही अघि बढाइएको जनाएको छ। साथै तस्करीमा संलग्नहरूलाई अब कडा सजाय दिइने चेतावनी पनि दिइएको छ।
यो घटना पछिल्लो समय सीमामा भइरहेको बालबालिका तस्करीको चिन्ताजनक प्रवृत्तिलाई उजागर गर्ने घटनाका रूपमा हेरिएको छ।
प्रतिक्रिया