दुबई । नेपालको गुल्मी जिल्लामा पर्ने इस्मा गाउंपालिकालाई राम्रोसंग चिनाउने ऐतिहासिक इस्माकोट, बि.पी पार्क, देउराली पार्क (दोहोली), राङदाल चौर, गायत्री आश्रम र हस्तिचौर रहेका छन् । गाउंघरको मौलिक पंञ्चेबाजासंगै कोदो र मकैको खेतीपातिले झनै सुनमा सुगन्ध थपिदिएको पाईन्छ । त्यहि गाउंघरको चिनारीलाई प्रवासको भूमिमा पनि उजागर गर्ने हेतुले इस्मालीवासीहरुको पहलमा इस्माली समाज युएई सन् २०२४ मा स्थापना भएको थियो । समाज स्थापना भए लगत्तै युएईमा छरिएर रहेका दाजुभाई तथा दिदीबहिनीहरुको जमघट बढ्न थालेको देखिन्छ । यस्ता खालका जमघटले समाजप्रति आकर्षित हुनुका साथ एक आपसमा भाईचारा र सत्भावको विकास हुने गर्दछ ।
गएको १३ अप्रिल २०२५ आईतबारका दिन दुबईस्थित आबराको पानी जहाजमा इस्माली समाज युएईले बि.स. नयां बर्ष २०८२ को पावन अवसरमा शुभकामना आदानप्रदानसंगै विविध सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम भएको पानी जहाज डेराबाट सुरु हुदै आबरा साईडको सेरोफेरोमा परिक्रर्मा भएको थियो । दिनको ३ बजेदेखि सांझको ७ बजेसम्म चलेको कार्यक्रममा विभिन्न परिकारका खानाको समेत व्यवस्था रहेको थियो । मध्येम मौसममा बरदुबई र डेराको झिलीमिली बत्तीले समुन्द्रलाई रोमान्चित गरेको आभास हुन्थ्यो ।
कार्यक्रमलाई मंनोरञ्जनात्मक बनाउका लागि स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो । जस्मा पंञ्चेबाजाको गीतमा लोक गायिका कुसुम परियारले खुबै नचाईन भने लोक गायक विनय खत्रीको गीतमा पनि सबै दर्शकहरु झुमेको देख्न सकिन्थ्यो । गायक तथा सर्जक होमनाथ कुंवरको प्रस्तुतिसंगै गायिका रन्जिता कुंवर र लोक गायक बाबुराम परियारको प्रस्तुति पनि अतिथि लगायत सबैले मन पराए । उता साहित्य पोस्ट युएईका संयोजक तथा सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेश ईन्चार्ज गीतकार तथा गजलकार राज श्री लम्सालको साहित्य र गजलले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
स्थापनाकालदेखि समाजलाई योगदान पु¥याएका व्यक्ति तथा कार्यक्रमलाई आर्थिक र भौतिक तौरमा सहयोग दिएका व्यक्तिहरुलाई सम्मान–पत्र र प्रशंसा–पत्र दिएर सम्मानित गरेको थियो । कार्यक्रममा अतिथिहरुले नयां बर्षको शुभकामना सहित आ–आफ्नो मन्तव्यहरु राखेका थिए ।
समाजका सचिव मनोज ज्ञवालीद्धारा संचालन गरिएको औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी नरेन्द्र गिरी रहेको थियो भने कार्यक्रमको अध्यक्षता इस्माली समाज युएईका अध्यक्ष मानबहादुर कुंवरले गरेको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, व्यवसायी र पत्रकारहरु रहेका थिए । दुई चरणमा भएको कार्यक्रमको सांगीतिक कार्यक्रमलाई होमनाथ कुंवरले संचालन गरेको थियो ।
लालबहादुर ढेंगा, दुबई, युएई
प्रतिक्रिया