राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पूर्व राष्ट्रपति जिमी कार्टर र बिल क्लिन्टनद्वारा जारी दुई कार्यकारी आदेशहरू खारेज गरेका छन् । ती पुराना आदेशहरूले संघीय कार्यालयहरू कहाँ स्थापना गर्न सकिन्छ भन्ने कुरामा विभिन्न सीमाहरू लगाएका थिए।
ह्वाइट हाउसद्वारा जारी विवरण अनुसार, राष्ट्रपति ट्रम्पको नयाँ आदेशले संघीय निकायहरूलाई लागत-प्रभावकारिता, कार्यसम्पादन अनुकूलता, र अमेरिकी जनताको आवश्यकतालाई ध्यानमा राखी कार्यालय स्थल छनोट गर्न स्वतन्त्रता दिन्छ।
यो आदेश लागू गरेपछि “जनरल सर्भिसेस एडमिनिस्ट्रेशन” अर्थात् सामान्य सेवा प्रशासनका प्रशासकले संघीय कार्यालय व्यवस्थापनसम्बन्धी नियमहरू अद्यावधिक गर्ने जिम्मेवारी पाउनेछन्।
ह्वाइट हाउसका अनुसार कार्टर र क्लिन्टनका आदेशहरू हटाइँदा संघीय सेवाहरू अमेरिकाका सबै क्षेत्रमा अझ सजिलै पुर्याउन सकिनेछ। राष्ट्रपति ट्रम्पको यो निर्णयले शासन प्रणालीलाई थप लचिलो, पहुँचयोग्य र जनताको आवश्यकतालाई केन्द्रमा राख्ने दिशामा नयाँ बाटो खोलिदिएको छ।
प्रतिक्रिया