अप्रील १५ , २०२५
कोलोराडो, अमेरीका
नेपाली नयॉं बर्ष २०८२ को अवसरमा नियमित रुपमा रक्तदान गरौं र जीवनदान गरौं भन्ने मान्यताका साथ कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो च्याप्टर र रिभाईभ मेडिकल वेलनेसको संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या १० रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेसका मेडिकल डाइरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिएकी छिन् ।
यसरी स्वतस्फुर्त नियमित रुपमा रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३८ औं पटक रक्तदान गरेका छन् । त्यस्तै अन्य रक्तदान गर्नेहरुमा विकाश त्रिपाठी, तारा अधिकारी, लिजा श्रेष्ठ , Marcus Haliw, Mark Morin, Shannon Conner र Aaron Conner रहेका छन् ।
यस पटकको रक्तदानमा अर्जुन दहाल र रोशन शाहले जिवनमा पहिलो पटक रक्तदानमा सहभागी भइ पुण्य कमाएका छन् । रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै सबै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा। शारदा काफ्ले त्रिपाठीले धन्यबाद दिएकी छन् ।
पत्रकार/लेखक
प्रतिक्रिया