जर्मनीको बर्लिनमा १५ जना बिरामीको हत्याको अभियोगमा एक चिकित्सकलाई आजीवन कारागारको माग गरिएको छ ।
जर्मनीको राजधानी बर्लिनमा एक चिकित्सक माथी १५ जना प्यालिएटिभ केयर (सम्भार उपचार वा पीडाबाट राहत दिने उपचार) मा रहेका बिरामीको हत्या गरेको अभियोग लगाइएको छ।
अभियोजन कार्यालयका अनुसार, उनले हत्या गर्नुको पछाडि यौनसन्तुष्टिसँग जोडिएको विकृति रहेको सिबिएसन्यूजले जनाएको छ ।
४० वर्षीय उक्त चिकित्सक एउटा होम केयर (गृहसेवा)सेवा मा कार्यरत थिए र सुरुवातमा उनलाई चारजना बिरामीको मृत्युसँग मात्र जोडिएकोठानिएको थियो।
तर अनुसन्धानले २०२१ को सेप्टेम्बर २२ देखि २०२३ को जुलाई २४ सम्म १५ जनाको हत्या गरिएको प्रमाण फेला पारेको छ।
पीडितहरूको उमेर २५ देखि ९४ वर्ष सम्मका थिए अधिकांशको मृत्यु आफ्नै घरमाभएको थियो।
चिकित्सकले एनेस्थेटिक (निश्चेतन बनाउने औषधि) र मांसपेशी निस्क्रिय बनाउने औषधि बिना अनुमति बिरामीलाई दिएका थिए, जसले सास फेर्ने मांसपेशीलाई काम गर्न नदिएर केही मिनेटमै मृत्युलाई निम्त्याएको अभियोजन कार्यालयले बताएको छ।
उनीमाथि हत्या र प्रमाण नष्ट गर्न घरमा आगलागी गराएको आरोप समेत छ। उनले अहिलेसम्म अदालतमा कुनै प्रतिक्रिया दिएका छैनन् । गत अगस्त ६ देखिनै हिरासतमा छन्।
उनलाई आजीवन कारावासको सजाय हुने सॅभावना रहनुको साथै अभियोजन पक्षले अदालतलाई १५ वर्षपछि रिहा नहुने गरी ‘गम्भीर अपराध’ घोषणा गर्न पनि अनुरोध गर्ने भएका छन्।
साथै उनलाई जीवनभर चिकित्सक पेशाबाट प्रतिबन्धित गर्न माग गरिएको छ।
प्रतिक्रिया