ट्रम्प प्रशासनको कडा कदम: हार्वर्डलाई थप २.७ मिलियनको सहायता कटौती

इनेप्लिज २०८२ वैशाख ४ गते १०:३३ मा प्रकाशित

अमेरिकामा हार्वर्ड विश्वविद्यालयमाथि संघीय अनुदान स्थगन जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार थप २.७ मिलियन बराबरको दुई अनुदान रद्ध गरेको घोषणा गरेको छ। यी अनुदान अमेरिकी गृह सुरक्षा विभाग अन्तर्गत रहेका थिए।

गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डलाई एक सशक्त चेतावनी दिँदै विश्वविद्यालयले विदेशी विद्यार्थी प्रवेशाज्ञाधारीहरूको “अवैध र हिंसात्मक गतिविधि” सम्बन्धी विस्तृत विवरण अप्रिल ३० भित्र पेश गर्नुपर्ने चेतावनी दिएकी छिन् । यदि विश्वविद्यालयले सो विवरण समयमै नदिएमा, त्यसको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रम प्रमाणपत्र तुरुन्त खारेज गरिनेछ।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार लिएको निर्णयको निरन्तरता हो, जसअन्तर्गत हार्वर्डलाई दिइएको २.२ बिलियन को संघीय कोष रोकिएको थियो। साथै, हार्वर्डको करमुक्त दर्जा खारेज गर्न प्रस्ताव गरिएको छ । ट्रम्प प्रशासनले हार्वर्डमा “चरमपन्थी विचारधाराको प्रभाव” रहेको आरोप लगाउँदै यस्तो निर्णय लिएको हो।

यो कदमलाई शैक्षिक संस्थामा कडाईको रूपमा हेरिएको छ।

प्रतिक्रिया