जन्मसिद्ध नागरिकताबारे सर्वोच्च अदालतमा बहस हुँदै — राष्ट्रपति ट्रम्पले भने: “म अत्यन्त खुसी छु”

इनेप्लिज २०८२ वैशाख ४ गते २३:४८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको मुद्दामा मौखिक बहस सुन्न सहमति जनाएकोमा आफू “अत्यन्त खुसी” भएको बताएका छन्।

सर्वोच्च अदालतले मे १५ मा यो मुद्दामा बहस सुन्ने तयारी गरेको छ। “संयुक्त राज्य अमेरिकामा जन्मिएका वा प्राकृतिक रूपले नागरिकता प्राप्त गरेका व्यक्ति” स्वतः अमेरिकी नागरिक मानिन्छन्। यस बारे अघिल्ला राष्ट्रपति र अदालतहरूले १४ औं संशोधनलाई विगत १०० वर्षभन्दा बढी समय देखि अमेरिकामा जन्मिएका ब्यक्ति स्वत : नागरिकता हुने र यसमा निरन्तर रुपमा वकालत गर्दै आएका छन् ।

तर राष्ट्रपति ट्रम्पले सपथ लिना साथ यो व्यवस्थाको अन्त्य गर्ने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। सो आदेशले विदेशी आमाबुबाबाट अमेरिकामा जन्मिने व्यक्तिहरूलाई नागरिकता नदिने व्यवस्था गर्न खोजिएको थियो। यस कदमविरुद्ध व्यापक कानुनी चुनौतीहरू उठे र अदालतले तत्काल स्थगन आदेश जारी गर्‍यो।

आज व्हाइट हाउसमा पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले यो अधिकारको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै भने, “जन्मसिद्ध नागरिकता भनेको दासप्रथासँग सम्बन्धित हो।” उनले १८६८ मा पारित १४ औं संशोधन गृहयुद्धपछिको समयको सन्दर्भमा आएको भन्दै त्यसको उद्देश्य सकारात्मक रहेको तर अहिले त्यसको दुरुपयोग भएको दाबी गरे।

उनले थपे, “अब विदेशीहरू हाम्रो देशमा आउँछन्, भित्र पसेपछि अचानक नागरिक बन्छन्। यस्तो त हुनै हुँदैन। यसकारण यो मुद्दा जित्न सजिलो छ भन्ने आशा छ, र म चाहन्छु वकिलहरूले नागरिकता र दासप्रथाको ऐतिहासिक सम्बन्धमा जोड दिउन्।”

प्रतिक्रिया