रसुवा । बैशाख ४ गतेबाट सुरु भएको चौंथो ग्रामिण चलचित्र महोत्सवको भब्य उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दिनेश डिसि रहेका थिए । गोसाईंकुण्ड गाउँपालिकका अध्यक्ष कैसाङनुर्पु तामाङ को बिसेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजधानी बाट रसुवा आएका तीन दर्जन भन्दा बढि चलचित्र कर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो ।
३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता र चौथो ग्रामीण चलचित्र महोत्सव एकै समय पारेर आयोजना गरिएको हो ।
गोसाइकुन्ड गाउ पालिकाका अध्यक्ष चलचित्र हेर्ने दर्शक माग भए पछि विच बजारमै नेपाली महिला फुटबल क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला फिल्म प्रदर्शन गर्दै महोत्सव सुरु गरिएको थियो ।
चौंथो ग्रामिण चलचित्र महोत्सवको प्रचारमा तिब्र भए पछि दर्शकलाई नेपाली चलचित्र हेर्ने तिब्र इच्छलाई मध्यनजर गर्दै धुञ्चे बजारको विच बजारमा नै आयोजक टिमले प्रोजेक्टर मार्फत अन्जिला फिल्म प्रदर्शन गरिएको हो ।
प्रतिक्रिया