बेलायतको सर्वोच्च अदालतको ऐतिहासिक फैसला : परालैङ्गिक (ट्रान्सजेन्डर)महिला कानुनी रूपमा ‘महिला’ होइनन्

इनेप्लिज २०८२ वैशाख ६ गते १०:२१ मा प्रकाशित

बेलायतको सर्वोच्च अदालतको परालैङ्गिक (ट्रान्सजेन्डर)महिला कानुनी रूपमा ‘महिला’ होइनन् भन्दै ऐतिहासिक फैसला गरेको छ । सामाजिक संजालमा ब्यापक रुपमा सकारात्मक र नकारात्मक टिकाटिप्पणीको ओइरो लागेको छ ।

प्रसिद्ध लेखक जे.के. रोलिङले बेलायतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलापछि आनन्दित हुँदै सामाजिक सञ्जाल एक्स मा उत्सव मनाएकी छन्। अदालतले परालैङ्गिक (ट्रान्स) महिलाहरू अब कानुनी रूपमा ‘महिला’ होइनन् भन्ने निर्णय सुनाएको छ।

गत बुधबार, इंग्ल्याण्डको सर्वोच्च अदालतले सर्वसम्मत निर्णय सुनाउँदै भन्यो, ‘महिला’ भन्नाले जैविक रूपमा महिला भएर जन्मिएको व्यक्तिलाई जनाइन्छ, र परालैङ्गिक(ट्रान्स )महिलाहरू अब कानुनी रूपमा यस परिभाषामा पर्दैनन्।

यो मुद्दा स्कटल्यान्डको महिला अधिकार संस्था फर वुमेनसक्टल्याण्डले अगाडि सारेको थियो। संस्थाकी निर्देशक ट्रिना बड्जेले स्काई न्यूजलाई भनिन्, “अब ‘महिला’ को कानुनी परिभाषा स्पष्ट भयो। परालैङ्गिक (ट्रान्स) पुरुषहरूले महिलामात्रका क्षेत्र प्रयोग गर्ने अधिकार कहिल्यै थिएन ,त्यो अधिकारको अतिक्रमण थियो।”

यो निर्णयपछि वस्त्र परिवर्तन कक्ष ,घरबार बिहिन आश्रय , पौडी पोखरी, स्वास्थ्य र परामर्श सेवाहरू अब जैविक महिला मात्रका लागि खुला रहनेछ।

युके बेलायती कन्जर्भेटिभ पार्टी (दल)नेतृ केमी बाडेनोचले पनि सामाजिक संजाल एक्स मा लेखिन्, “‘परालैङ्गिक (ट्रान्स )महिला भनेको महिला हो’ भन्ने कुरा न त तथ्यमा सत्य थियो, न त अब कानुनमा। महिलाले महिलाको कुरा गर्नु कुनै अपराध होइन।”

थुप्रै महिला अधिकारकर्मीहरूका लागि यो निर्णयमा विजय उत्सव मनाई रहेको फक्सन्यूजले जनाएको छ ।

प्रतिक्रिया