अमेरिकामा काम पाएका सयौ विदेशी नयाँ बिद्यार्थीहरुको प्रवेशाज्ञा (भिसा) धमाधम रद्ध हुदै

इनेप्लिज २०८२ वैशाख ६ गते १९:५० मा प्रकाशित

अमेरिकामा काम पाएका सयौ विदेशी नयाँ बिद्यार्थीको प्रवेशाज्ञा (भिसा)रद्ध भएका छन् । ट्रम्प प्रशासनले सशक्त रुपमा यसमा कारवाही सुरु गरेको छ ।

अमेरिकामा उच्च अध्ययनका लागि आएका सयौं विदेशी विद्यार्थीहरू जसले यही उपाधि (डिग्री)हासिल गरे, जागिर पाए र कानुनी मान्यता समेत पाइसकेका बिधार्थीहरु अहिले कानुनी अन्योलमा परेका छन्।

विश्वविद्यालय र स्टार्टअपमा नवप्रवर्तन ल्याउने अन्तर्राष्ट्रिय प्रतिभाशाली बिधार्थीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको कडा कारबाहीका कारण खतरामा परिरहेका छन् । विशेषतः प्यालेस्टाइन समर्थक प्रदर्शनमा सहभागी भएका विद्यार्थीहरूमाथि कडा कारवाही चालिएकोले उनीहरुको भबिष्य अन्धकार भएको बिधार्थीहरुले बताएका छन् ।

बोस्टन विश्वविद्यालयका एक स्नातक जसले वित्तमा उच्च शिक्षा हासिल गर्न आधा विश्व पार गरी अमेरिका आएका थिए, उनि भन्छन्, यस्तो लाग्छ ,अब हामी यो देशमा कमै स्वागतयोग्य छौँ ।

स्नातकपछि उनी क्वान्टिटेटिभ एनालिस्ट(मात्रात्मक विश्लेषक) को रूपमा नियुक्त भए र केही दिनअघि मात्र काम गर्ने अनुमति पनि पाए। तर, एक बिधुतिय डाक (इमेल)ले सब थन्कियो। अर्थात् संघिय तथ्याँकसंग्रह (फेडेरल डाटाबेस)मा उनको सेवा बर्खास्त देखिएको छ।

यो घटना राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाले पछि यता १,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी हैसियत मेटिएको घटनामध्ये एक हो।

लस एन्जलसकी आप्रवासन वकिल क्यासी काईका अनुसार, “उनीहरू डराएको अवस्थामा छन्। कतिपयले ठेगाना नै परिवर्तन गरेका छन् ताकि आइसिइ (आप्रवासन विभाग) ले तिनीहरूलाई नपक्रियोस्।”

एटलान्टाका वकिल चाल्र्स कक १५० विद्यार्थीहरूको तर्फबाट लडिरहेका छन्, जसको प्रवेशाज्ञा रद्ध गरिएको छ। आइसिइ नियन्त्रण बाहिर पुगेको जस्तो देखिन्छ,” उनी भन्छन्। उनले ट्रम्प प्रशासनले कृतिम बुद्धिमत्ता (एआई )प्रयोग गरेर विद्यार्थीहरूको तथ्याँक जाँच डेटा गरी प्रवेशाज्ञा (भिसा )गरिरहेको आरोप लगाएका छन्।

अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पूर्ण शुल्क तिर्छन्, जुन विश्वविद्यालयहरूको आर्थिक मेरुदण्ड हो। “यदि अमेरिकाले हामीलाई लखेट्ने हो भने, त्यसले दीर्घकालीन रूपमा नवप्रवर्तनमा ठूलो असर पार्न सक्छ,” पीडित विद्यार्थीले सिबिएसन्यूजलाई भने । अब केही विद्यार्थी अमेरिका छाड्ने निर्णयमा छन् । यो मेरो करिअर (जीवनचर्या )सुरु गर्ने समय हो, यदि अहिले होइन भने कहिले?”

प्रतिक्रिया