“ईस्टर शान्ति सम्झौताको बीचमै रूसी हमला: खेरसोनमा तीन यूक्रेनीको मृत्यु

इनेप्लिज २०८२ वैशाख ८ गते ११:११ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी रूपमा घोषणा गरेको ३० घण्टे ईस्टर युद्धविरामका क्रममा युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा रूसी आक्रमणबाट तीन नागरिकको ज्यान गएको स्थानीय गभर्नरले सोमबार पुष्टि गरेका छन्।

खेरसोन क्षेत्रका गभर्नर ओलेक्सान्दर प्रोकोडिनले टेलिग्राममा लेख्दै, पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको बताए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युद्धविरामको अवधिमा रूसले २,९०० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गर्‍यो। जेलेन्स्कीले जनाए अनुसार रूसी सेनाले ९६ आक्रमणहरू गरे, १,८०० भन्दा बढी पटक युक्रेनी चौकीहरूमा गोलाबारी गर्‍यो, र सयौं मानव रहित यान (ड्रोन)हरू प्रयोग गर्‍यो।

“युक्रेनले मौनताको जवाफ मौनताले दिनेछ, र प्रहारको जवाफ रक्षा प्रहारले गर्नेछ,” उनले भने ।

पुटिनले शनिबार ईस्टरको अवसरमा “मानवता” को कारण देखाउँदै अस्थायी युद्धविराम घोषणा गरेका थिए। युक्रेनले यदि रूसबाट वास्तविक युद्धविराम भएको भए त्यसको सम्मान गर्ने बताएको थियो, तर तत्कालै दुबै पक्षले उल्लंघनको आरोप लगाउन थाले। युद्धविराम आइतबार मध्यरातमा सकिएको थियो।

आइतबार राति रूसी सेनाले खेरसोन र मिकोलाइभ क्षेत्रहरूमा तीनवटा क्षेप्यास्त्र प्रहार गर्‍यो। युक्रेनी वायु सेनाले जनाएको अनुसार रूसले ९६ वटा ‘शाहेद’ मानव रहित उपकरण (ड्रोन) प्रक्षेपण गर्‍यो, जसमध्ये ४२ वाट मानव रहित यान (ड्रोन )खसालिए र ४७ वटा मानव रहित यान (ड्रोन)हरू खराब भए ।

निप्रोपेत्रोस्क क्षेत्रमा रूसी मानव रहित यन (ड्रोन )आक्रमणले खाद्य उद्योग र भवनमा आगलागी गराएको गभर्नर सेर्ही लिसाकले जनाए। यद्यपि त्यहाँ मानवीय क्षति नभएको बताइएको छ। चेरकासी क्षेत्रमा एउटा संरचना क्षतिग्रस्त भएको जानकारी आएको छ।

यता, रूसी रक्षा मन्त्रालयले भने आफूहरूले युद्धविरामको पूर्ण सम्मान गरेको र कुनै अग्रसरता नलिएको दाबी गर्‍यो। उल्टो रुसले युक्रेनमाथि नै ४,९०० पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

रूसले युद्धविराम समाप्त भएपछि “विशेष सैन्य कारवाही ” पुनः सुरु गरेको जनाएको छ।

प्रतिक्रिया