फ्लोरिडा राज्यको ओरल्याण्डोमा सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा बिमानसेवाको उडान १२१३ को यन्त्रमा आगलागी भएपछि विमानमा सवार सबै यात्रुहरूलाई आपतकालीन चिप्लेटी मार्फत सुरक्षित निकालिएको छ।
संघीय उड्डयन प्रशासन का अनुसार, विमान एटलान्टा तर्फ प्रस्थान गर्न द्वारबाट पछाडि हट्ने क्रममा बिहान ११:१५ बजे अचानक यन्त्रमा आगलागी भएको थियो।
धुवा देखिए पछि त्यसपछि यात्रुहरूलाई आपतकालीन चिप्लेटी प्रयोग गरी तत्काल बाहिर निकालिएको थियो। केही यात्रुहरू विमानको वरिपरि उभिएको देखिएका थिए भने उद्धारका तुरुन्तै उद्वार टोली त्यहा आइपुगेका थिए।
डेल्टा बिमानसेवाका अनुसार विमानमा २८२ यात्रु ,१० जना उडान परिचारिका/ सहायक र २ जना विमानचालक थिए। यद्यपि घटनामा कुनै घाइते नभएको पुष्टि गरिएको छ।
यात्रुहरूलाई अगाडी भवनमा ल्याइएको छ र भने अर्को विमानमार्फत उनीहरूलाई गन्तव्यमा पठाउने तयारी भइरहेको बिमानसेवाले जनाएको छ।
यो घटनाले उड्डयन सुरक्षाप्रति अझै सजग रहनुपर्ने सन्देश दिन्छ।
प्रतिक्रिया