“Connect & Serve to Unite!”
गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय महाधिवेशन (मे ३–५, २०२५) का सन्दर्भमा कृष्ण पोखरेलले महासचिव पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।
वित्तीय सेवामा १५ वर्षभन्दा बढी अनुभव, एनआरएनए अमेरिकाको महासचिब , वरिष्ठ उपाध्यक्ष, र क्षेत्रीय संयोजकका रूपमा लामो योगदान, साथै समाजसेवामा सक्रिय नेतृत्वकर्ताको रूपमा चिनिएका पोखरेलले एनआरएनएलाई नयाँ युगतर्फ लैजाने दाबी गरेका छन्।
पोखरेलको उम्मेदवारीको मूल नारा “Connect & Serve to Unite!” हो। यस नाराको सार — सम्पूर्ण प्रवासी नेपालीहरूलाई आपसी समन्वय, सेवा र एकताको बलमा सशक्त संगठन निर्माण गर्ने हो।
मुख्य एजेन्डाहरू यसप्रकार छन्:
Smart NRNA – डिजिटल, पारदर्शी र नविन व्यवस्थापन प्रणाली
ABC Formula
A: Accountability (उत्तरदायित्व)
B: Balance (सन्तुलन)
C: Credit (प्रतिष्ठा र विश्वसनीयता)
3। साझा मञ्च निर्माण – सम्पूर्ण प्रवासी नेपालीका लागि साझा, समावेशी, सबै क्षेत्र र वर्गलाई प्रतिनिधित्व गर्ने संस्था
4। राजनीतिक हस्तक्षेपमुक्त एनआरएनए – नेपाली राजनीतिक दलहरूको प्रभावबाट मुक्त, प्रवासी नेपाली हितमा केन्द्रित
5। नीतिगत सुधारको पहल – नागरिकताको निरन्तरता, वैदेशिक रोजगारी, गोर्खा समस्या, श्रमिक अधिकार, सामाजिक सुरक्षा लगायत विषयमा नेपाल सरकारसँग नीति तहमा पहल
पोख्रेलले भन्नुभयो:
“महासचिव एनआरएनएको मेरुदण्ड हो। सबैको सहभागिता, समर्पण र विश्वासमा आधारित, प्रवासी नेपालीहरूका लागि गर्व गर्न लायक संस्था बनाउने मेरो संकल्प छ।”
उहाँले सबै गैरआवासीय नेपालीहरूलाई काठमाडौंमा हुन लागेको महाधिवेशनमा सहभागी भई लोकतान्त्रिक प्रक्रिया मार्फत नेतृत्व चयनमा योगदान दिन हार्दिक अनुरोध गर्नुभएको छ।
कृष्ण पोख्रेल
उम्मेदवार – महासचिव पद
गैरआवासीय नेपाली संघ (NRNA ICC)
कार्यकाल: २०२५–२०२७
प्रतिक्रिया