बिश्व प्रख्यात हार्भर्ड विश्वविद्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध ‘अवैध’ रूपमा गरिएको बहु-अर्ब (बिलियन )डलरको बजेट कटौतीविरुद्ध मुद्दा दायर गरेको छ।
हार्भर्डका अध्यक्ष एलन गर्बरले सामाजिक सञ्जाल एक्समा लेखे, “हामीले केहीबेरअघि सरकारद्वारा गरिएको बजेट रोकावट विरुद्ध मुद्दा दायर गरेका छौं, किनभने यो गैरकानुनी छ र सरकारको अधिकार क्षेत्र भन्दा बाहिरको हो।”
यो कदम ट्रम्प प्रशासनले हार्भर्डलाई दिइने थप १ बिलियन डलरको संघीय अनुदान र ठेक्का कटौती गर्ने योजना सार्वजनिक गरेको भोलिपल्ट आएको हो। अघिल्लो हप्ता मात्रै प्रशासनले २.२ बिलियन डलरको बजेट कटौती घोषणा गरिसकेको थियो।
द वाल स्ट्रिट जर्नलको समाचार अनुसार यो नयाँ १ बिलियनडलरको कटौती हार्भर्डको स्वास्थ्य अनुसन्धानमा लक्षित गरिएको हो।
सोमबार दायर गरिएको मुद्दामा हार्भर्डका कानूनी टोलीले भनेका छन्, “सरकारले विश्वविद्यालयको स्वतन्त्रता खोस्दै चिकित्सा नुसन्धान, वैज्ञानिक खोज र नविन समाधान रोक्ने प्रयास गरेको छ।”
५१ पृष्ठको उजुरीमा विश्वविद्यालयले सरकारमाथि दबाब सिर्जना गर्न र हार्भर्डको प्रशासनिक संरचना, शैक्षिक कार्यक्रम र नियुक्ति प्रणालीमा हस्तक्षेप गर्न billions बिलियन (अर्ब)को अनुदान ‘गैरकानुनी रूपमा’ रोकिएको आरोप लगाएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “हार्भर्डले लगभग सबै ‘वोक’, अतिवादी वामपन्थी, मूर्खहरू मात्र नियुक्त गरिरहेको छ, जसले विद्यार्थीहरूलाई असफलता मात्र सिकाउँछन्। हार्भर्ड अब मजाक बनिसकेको छ, घृणा र मूर्खता सिकाउने संस्था हो र उसले अब संघीय कोष पाउने हक राख्दैन।”
प्रतिक्रिया