सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले टोखा नगरपालिकाको सह आयोजनामा शनिबार २०८१ चैत्र ३० गते सांस्कृतिक काव्य उत्प्रेरणा महोत्सव टोखा आयोजना गरेको थियो ।
साहित्यकार द्धारिका श्रेष्ठको प्रमुख आतिथ्यमा तथा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष ई.स्वजन स्वराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा अरुण नदी खत्रीलाई अविरल समालोचना साधक बूढानीलकण्ठ तथा रेणु अधिकारी मौनतालाई अविरल साहित्य साधक टोखा उपाधिद्वारा सम्मानित गरिएको थियो । सम्मानित स्रष्टा अरुण नदी खत्रीको बारेमा साहित्यकार नवराज रिजालले र रेणु अधिकारी मौनताको बारेमा नरबहादुर बि.सी.ले सुनाउनु भएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी विशेष अतिथिका रुपमा रहेका थिए ।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकी संरक्षक डा.सावित्री श्रेष्ठले महेशराज खरेलका जिन्दगीका यात्राहरु र पोष चापागाईको सेता मृग पुस्तकहरुको परिचर्चा गर्नुभयो ।
कार्यक्रम सञ्चालन टोखाकै साहित्यकार नरबहादुर बि.सी.ले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरुद्वारा आफ्नो काव्य रचनाको प्रस्तुति पनि भएको थियो । टोखा नगरपालिकाको भवनमा सम्पन्न भएको कार्यक्रमपछि सबैलाई टोखा क्षेत्रका सांस्कृतिक तथा धार्मिक एवं पौराणिक महत्वपूर्ण स्थानहरु सपनातिर्थ, टोखा चण्डेश्वरी, टोखा बजार आदिको भ्रमण गराइएको थियो ।
प्रतिक्रिया